२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुणले भरिपूर्ण गुँला पर्व आजदेखि शुरु

अ+ अ-

काठमाडौं । स्वयम्भूमा बुद्धको प्रार्थना गरी मनाइने एकमहीने गुँला पर्व आजदेखि शुरु भएको छ ।

गुँलाथ्व पारु (शुक्ल पक्षको प्रतिपदा) देखि शुरु भई यँलाथ्व पारुका दिन गुँला पर्व विधिवत् समापन हुन्छ । गुणले भरिपूर्ण महीना भएकाले यस पर्वलाई गुँला भनिएको हो । कसै कसैले नवौँ महीनामा आउने पर्व भएकाले गुँला भएको तर्क दिन्छन् । काठमाडौंका विभिन्न टोलटोलबाट मानन्धर, ताम्राकार, तुलाधर आदि जातिका बौद्ध धर्मावलम्बी विभिन्न समूह बनाई बाजागाजाका साथ बिहान सबेरै स्वयम्भू परिक्रमा गरी बुद्धको दर्शन गरेर फर्किने चलन छ ।

यसरी स्वयम्भूको परिक्रमा गर्दा विशेषगरी प्राचीन बुद्ध भजन ‘जय नमो श्रीबुद्ध भगवान् लुम्बिनी बनस विज्यात…’ भन्नेलगायत अन्य बुद्ध भजन गाइने प्रचलन छ । भक्तजन बिहान ४ बजे जम्मा भई नेवारी बाजा बजाउँदै स्वयम्भू पुग्ने र बिहान ७ बजेभित्र फर्किन्छन् ।

नेवारी भाषामा ‘गुँ’ को अर्थ जंगल र ‘ला’ को अर्थ महीना हो । बुद्धधर्ममा जंगलमा भएको अन्धकारलाई शिक्षा अर्थात् बुद्धको उपदेशले उज्यालो बाटो देखाउने भएकाले गुँला भनिएको बौद्धविद्वान् राजेन्द्रमान बज्राचार्यले बताए । यस महीनाभित्र नेवार समुदायले पाटनमा यल पञ्च दाँ, वैद्य ब्वय्गु, गुँपुन्ही, शिलु मेला, कृष्ण पक्षको १५ दिनमा वैद्य स्ववनेगु र मतयाः तथा काठमाडौंमा येँ पञ्च दाँ, बौया ख्वा स्वयगु आदि पर्व मनाउने गर्छन् । रासस