जीपको ठक्करबाट नावालकको मृत्यु, पाँच घाइते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जीपको ठक्करबाट नावालकको मृत्यु, पाँच घाइते


२७ श्रावण २०७५, आइतबार


पाल्पा । तानसेनको बडीज्ञानटोमा जीपले ठक्कर दिँदा बगनासकाली गाउँपालिका–३ नायरनम्तलेसका नौ महीनाका नावालक निशान बस्यालको मृत्यु भएको छ ।

हुलाकचोकतिरबाट आन्दोलनचोकतर्फ आउँदै गरेको ग १ च ६७४८ नंको जीपको ब्रेक नलाग्दा पैदलयात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जीपको ठक्करबाट अन्य पाँच जना घाइते तिनको युनाइटेड मिशन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रसनि अनुप अर्यालले जानकारी दिए । ब्रेक फेल हुँदा पाँच मोटरसाइकलमा क्षति पुगेको छ । गाडी चालक रैनादेवी छहरा–४ का कमल खत्रीलाई प्रहरीले नियन्त्रण लिएको छ ।

प्रतिक्रिया दिनुहोस