महाकाली नदीको बहाव बढेसँगै वनबासा पुलमा चार पांग्रे सवारीमा रोक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

महाकाली नदीको बहाव बढेसँगै वनबासा पुलमा चार पांग्रे सवारीमा रोक


२७ श्रावण २०७५, आइतबार


कञ्चनपुर । लगातारको वर्षापछि माहाकाली नदीमा पानीको बहाव बढेको छ । महाकालीमा पानीको बहाव बढेसँगै बनबसा पुलमा चार पांग्रे सवारी साधनको आवागमनमा रोक लगाइएको छ ।

आइतबार ११ बजेदेखि पुलमा ठुला सवारी साधन आवागमनमा रोक स्थानीय प्रशासनले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आइतबार १२ बजेको मापन अनुसार नदीमा पानीको बहाव १ लाख ५ हजार क्युसेक पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस