विराटनगर महानगरपालिकाको कार्यालय परिसरमा बम विस्फोट « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

विराटनगर महानगरपालिकाको कार्यालय परिसरमा बम विस्फोट


२७ श्रावण २०७५, आइतबार


विराटनगर । विराटनगर महानगरपालिकाको कार्यालय परिसरमा बम विस्फोट भएको छ । अज्ञात समूहले मेयर भीम पराजुलीको कार्यकक्ष बाहिर बम विस्फोट गराएको हो ।

विस्फोटबाट एक जना घाइते भएका छन् भने सोफामा क्षति पुग्नुका साथै सीसाहरूमा क्षति पुगेको छ ।

बम विस्फोट पछि कर्मचारीहरुमा त्रास छाएको छ । सुरक्षा व्यवस्था कडा परिएको छ भने प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस