२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश ७ को नाम दशरथचन्द राख्न सुझाव

अ+ अ-

बैतडी । सहिद दशरथचन्दको नामबाट प्रदेश नं. ७ को नामाकरण गर्न सुझाव दिइएको छ । प्रदेश ७ को स्थायी राजधानी र नामाकरणका लागि संसदीय समितिले सुझाव संकलन गरिरहेका बेला बैतडीवासीले यस्तो सुझाव दिएका हुन् ।

सहिद दशरथचन्द स्मृति प्रतिष्ठानको २४ औं वार्षिक साधारणसभामा सहभागी राजनीतिक दलका पदाधिकारी र सर्वसाधारणले प्रदेश ७ को नाम दशरथचन्द राख्न उपयुक्त हुने सुझाव दिए ।

साधारणसभाले प्रदेश ७ को नाम दशरथचन्द राख्न सम्पूर्ण प्रदेशसभा सदस्यलाई अनुरोध गर्ने निर्णय गरेको प्रतिष्ठान अध्यक्ष चतुरबहादुर चन्दले बताए ।

सहिद दशरथचन्दको सपना लोकतान्त्रिक गणतन्त्र भएकाले सम्मानका लागि पनि प्रदेशको नाम दशरथचन्द प्रदेश राख्नुपर्ने उनले बताए ।

सहिद दशरथचन्द देशकै सहिद भएकाले उनको नामबाट प्रदेशको नामाकरण गर्नु जायज हुने दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले बताए ।

प्रदेश ७ को स्थायी राजधानी र नामाकरणका लागि गठन भएको संसदीय समितिले सुझाव संकलन गरिरहेको छ । समितिको म्याद साउन २१ गतेसम्म भए पनि अहिले एक हप्ता थपिएको छ ।