२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हेलो मन्त्री ज्यू ! बिजुली बाल्न पाएनौँ, समस्या समाधान हुन्थ्यो कि ?

अ+ अ-

काठमाडौं । हेलो मन्त्रीज्यू ! सरकारले सुकुम्बासीलाई विद्युत् मिटर उपलब्ध गराउने बताएको थियो, तर मिटर नपाएका कारण बिजुली बाल्न पाएनौँ, समस्याको समाधान हुन्थ्यो कि मन्त्री ज्यू ।

यो भनाइ हो टीकापुरकी कमला विश्वकर्माको । ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले पैसा नलाग्ने नम्बरमा जनताको गुनासा सुन्ने र समस्याको सम्बोधनसमेत गर्ने जानकारी पाएपछि उनले ११५१ नम्बरमा फोन लगाइन् ।

फोन उठाउनेमा थिए ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन । आफ्नो नाम बताउँदा कापेको जस्तो स्वर भए पनि कमलाले समस्या भने प्रष्टसँग राखिन् । उनले भनिन्, ‘हाम्रो जग्गा जमीन छैन, तर जहाँ बसिरहेका छौँ, हामीले बिजुली बाल्न पाउँदैनौँ र मन्त्री ज्यू ।’ कमलाको समस्या सविस्तार सुनेपछि मन्त्री पुनले भने, ‘तपाईहरु निवेदन लेखेर नेपाल विद्युत् प्राधिकरणको टीकापुर वितरण केन्द्रमा जानुस्, मैले अहिले नै सो वितरण केन्द्रका प्रमुखलाई फोन गरिदिन्छु । तपाईका लागि पोल र मिटरको प्रबन्ध हुन्छ ।’ मन्त्रीको जवाफ सुनेपछि कमलाले मन्त्री पुनलाई धन्यवाद मन्त्री ज्यू भन्दै फोन राखिन् ।

‘हाम्रो जग्गा जमीन छैन, तर जहाँ बसिरहेका छौँ, हामीले बिजुली बाल्न पाउँदैनौँ र मन्त्री ज्यू ।’

यस्तै इलामबाट गणेश मगरले देउमाई नगरपालिकाका केही वडामा विद्युत्का पोल काठको भएका कारण दुर्घटनाको जोखिम बढेको भन्दै तत्काल बदलिदिन मन्त्री पुनलाई आग्रह गरे ।

उनले समस्या समाधानका लागि प्राधिकरणको इलाम वितरण केन्द्रलाई निर्देशन दिने र प्रक्रियासमेत शुरु हुने जानकारी दिए। चन्द्रागिरि नगरपालिका थानकोटबाट रवीन्द्रकुमार कार्कीले मन्त्री पुनसमक्ष प्राधिकरणले केवल लाइन नजोडिदिएका कारण समस्या परेको भन्दै गुनासो गरे । उनको गुनासो तत्कालै प्राधिकरणको कुलेश्वर वितरण केन्द्रले समाधान गर्ने भन्दै मन्त्री पुनले आश्वस्त तुल्याए ।

सुर्खेतका गणेश वलीको समस्या भने विद्युत् भार कटौतीको समस्यासँग जोडिएको विषय थियो । सरकारले विद्युत्भार कटौतीको अन्त्य गरेको लामै समय भयो, तर सुर्खेतमा पटकपटक विद्युत् काटिने समस्याका कारण विद्युतीय उपकरण पड्कने गरेको, दैनिक काम कारबाहीमा समेत अवरोध आएको भन्दै सुनुवाइ गरिदिन आग्रह गरे ।

दाङका विष्णु वलीले सिंचाइ सुविधाको अभावमा तुल्सीपुर नपा–४ मा स्थानीयले कष्ट व्योहोर्नु परेको भन्दै विद्युत् लाइन विस्तार गरिदिन आग्रह गरे । विद्युत् लाइन विस्तार भए खेतीपातीका लागि पानी तान्न सकिने भन्दै उनले जमीन बाँझो राख्नुपर्ने बाध्यताकोसमेत अन्त्य हुने मन्त्री पुनलाई गुनासो सुनाए ।

वलीको गुनासो सुनेपछि मन्त्री पुनले भने, ‘सिँचाइ कार्यालय दाङलाई आजै मन्त्रालयले सत्कर्म गर्छ, आवश्यक प्रक्रिया मिलाएर विद्युत् लाइन विस्तारको काम अगाडि बढ्छ ।’ मन्त्री पुनले सो कार्यका लागि स्थानीय बासिन्दा समेत सिँचाइ कार्यालयमा पुगेर पहल गर्न आग्रह गरे । ‘मन्त्रालयले सम्पर्क गर्छ, तपाईहरु पनि सम्बन्धित निकायमा पहल गर्नुस् ।’

शुक्रबार देशभरबाट १४ जनाले टेलिफोन गरी समस्या समाधान गरिदिन आग्रह गरेका थिए ।

रामेछापका विष्णु अधिकारीले प्राधिकरणमा लामो समयदेखि कार्यरत ज्यालादारी कर्मचारीको समस्या समाधान गरिदिन आग्रह गरे । यस्तै समस्या राखे गणेशप्रसाद खतिवडाले पनि । पाटन नपा–९ बैतडीका वडाध्यक्ष लोकेन्द्र भण्डारीले विगत दुई वर्ष पहिले बिजुलीको पोल गाडिएको भए पनि हालसम्म तार तान्ने र ट्रान्सफर्मर जडानको कार्यसमेत अगाडि नबढेको भन्दै स्थानीय बासिन्दाले कहिले बत्ती बाल्न पाउँछन् मन्त्री ज्यू भन्दै जिज्ञासा राखे । भण्डारी जनप्रतिनिधि पनि भएकाले स्थानीयको समस्या जस्ताकोतस्तै आएको भन्दै मन्त्री पुनले तत्काल बैतडी वितरण केन्द्रलाई निर्देशन दिने र तार तथा ट्रान्फर्मरको व्यवस्था हुने बताए ।

टीकाथली–५ ललितपुरका धीरेन्द्र दाहालले एक वर्ष पहिले पोल गाडेको भए पनि मिटर नपाएको भन्दै गुनासो गरे । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पुनले हरेक शुक्रबार एक घण्टा जनताको गुनासो सुन्ने र समस्याको समाधान गर्ने हटलाइन सेवा शुरु गरेका छन् ।

शुक्रबार देशभरबाट १४ जनाले टेलिफोन गरी समस्या समाधान गरिदिन आग्रह गरेका थिए । सबैको समस्या विस्तारमा सुनेर मन्त्री पुनले भने, ‘समस्या समाधानका लागि सम्बन्धित कार्यालय नै जिम्मेवार भए स्थानीयले समस्या भोग्नु पर्दैनथ्यो ।’ मन्त्री पुनले टेलिफोनमा प्राप्त भएका सबै गुनासोको सम्बोधनका लागि सम्बन्धित कार्यालयलाई जिम्मेवार बनाउने र उपभोक्ताको समस्या समाधानमा ध्यान दिन निर्देशन दिने बाचा गरे ।

यही साउन १८ गतेदेखि शुरु भएको हटलाइन सेवामा पहिलो दिन १६ जनाले आआफ्ना समस्या सुनाएका थिए भने शुक्रबार १४ जनाले गुनासो गरेका थिए ।