गर्भवतीलाई दैनिक एउटा अण्डा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गर्भवतीलाई दैनिक एउटा अण्डा


२६ श्रावण २०७५, शनिबार


दोलखा । शैलुङ गाउँपालिकाले गर्भवती महिलालाई दैनिक एउटा अण्डा पुग्नेगरी निःशुल्क अण्डा उपलब्ध गराउन थालेको छ । पौष्टिक तत्व पूर्ति गर्न गर्भ जाँच गराउन स्वास्थ्य केन्द्र आएका बेला गर्भवतीलाई दैनिक एउटा अण्डा खान पुग्नेगरी गाउँपालिकाले अण्डा उपलब्ध गराउन थालेको हो ।

अण्डा खरिदका लागि चालू आर्थिक वर्षमा १० लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिका अध्यक्ष भरत दुलालले बताए ।

उक्त गाउँपालिकाभित्र पाँचवटा स्वास्थ्य चौकी छन् । त्यहाँका सबै महिलाले गर्भ जाँच नगराउने गरेकाले महिलाको आकर्षण बढोष र उनीहरुलाई पौष्टिक तत्वको अभाव नहोस् भन्ने उद्देश्यले यस्तो कार्यक्रम ल्याइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस