कर थोपर्दा संघीयता कार्यन्वयन अप्ठ्यारोमा पर्छ : दाहाल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कर थोपर्दा संघीयता कार्यन्वयन अप्ठ्यारोमा पर्छ : दाहाल


२६ श्रावण २०७५, शनिबार


चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले करै कर थुपार्न थालियो भने संघीयता कार्यन्वयनमा समस्या आउने बताएका छन् ।

शनिबार बिहान चितवन पुगेका दाहालले भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै जनतालाई सेवा दिन र अधिकार सम्पन्न बनाउन तथा देश विकासका लागि स्थानीय, प्रादेशिक, संघीय सरकार बनाएको बताए।

उनले कर उठाउने शैलीका कारण देश बाइसे चौविसे राज्यको अवस्थामा पुगेको धारणा व्यक्त गरे ।

उनले भने, ‘कतिपय काम कारबाही हेर्दा जनता र व्यवसायीका कुरा सुन्दा स्थानीय कर, प्रादेशिक कर, केन्द्रिय कर भनेर करै कर थुपार्दा संघीयता कार्यान्वयनमा अफ्ठ्यारो पर्ने खतरा बढेको छ।’

करै करको कारण बाइसे चौबिसे राज्य बिलुप्त भएको र पृथ्वीनारायण शाहले केन्द्रिकृत राज्य बनाउने अवसर पाएको भन्दै उनले अहिलेको स्थानीय, प्रादेशिक र संघीय सरकार भनेको बाइसे चौबिसे राज्य झैं नभएको बताए ।

प्रतिक्रिया दिनुहोस