चिकित्सा शिक्षा विधेयकमा तोडमोड गरे पुनः अनशन बस्छु : डा. केसी « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

चिकित्सा शिक्षा विधेयकमा तोडमोड गरे पुनः अनशन बस्छु : डा. केसी


२६ श्रावण २०७५, शनिबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र डा. गोविन्द केसीबीच आज भेट भएको छ । आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा डा. केसीले सहमति अनुसार चितित्सा शिक्षा विधेयक ल्याउन आग्रह गरे ।

१५ दिन भित्र माग पुरा गर्ने भनिए पनि सरकारले वेवास्ता गरेको भन्दै डा. केसीले असन्तुष्टि व्यक्त गरे । भेटका क्रममा प्रधानमन्त्री ओलीसँग केसीले चिकित्सा शिक्षा विधेयकमा तोडमोड गरे पुनः अनशन बस्ने बताए । केसीले सबै नेपालीले सर्वसुलभरुपमा स्वास्थ्य उपचार पाउनु पर्ने बताएका थिए ।

प्रतिउत्तरमा प्रधानमन्त्री ओलीले सहमतिप्रति आफु प्रतिवद्ध रहेको जनाउँदै फेरी अनशन बस्ने अवस्था नआउनेमा डा. केसीलाई आश्वास्त पारेका थिए ।

प्रतिक्रिया दिनुहोस