पत्रकार हरि बहादुर थापालाई ‘गोगो फाउण्डेसन अवार्ड’ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पत्रकार हरि बहादुर थापालाई ‘गोगो फाउण्डेसन अवार्ड’


२५ श्रावण २०७५, शुक्रबार


गोगो फाउण्डेसन अवार्ड

काठमाडौं । भ्रष्टाचारविरुद्ध लामो समयदेखि कलम चालाउँदै आएका अन्नपूर्ण पोस्ट दैनिकका प्रधानसम्पादक हरिबहादुर थापालाई यस वर्षको ‘गोगो फाउण्डेसन अवार्ड’ बाट सम्मानित गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक समारोहमा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले ‘गोगो फाउण्डेसन अवार्ड’ बाट थापालाई सम्मान गरे ।

अवार्डबाट सम्मानित हुने थापा तेस्रो व्यक्ति हुन् । यो अवार्ड पहिलो पटक डा. भगवान कोइराला र दोस्रो पटक कुलमान घिसिङले प्राप्त गरेका थिए । पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर बिरहीको संयोजकत्वमा रहेको छनौट समितिले थापालाई अवार्ड दिने निर्णय गरेको कार्यक्रममा गोगो फाउण्डेसनका कार्यकारी निर्देशक केदार खड्काले बताए । समितिमा विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्की, गोगो फाउण्डेसन अध्यक्ष अनिता विन्दु र कार्यकारी निर्देशक केदार खड्का सदस्य रहेका थिए ।

प्रतिक्रिया दिनुहोस