रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न प्रधानमन्त्री समक्ष माग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न प्रधानमन्त्री समक्ष माग


२५ श्रावण २०७५, शुक्रबार


काठमाडौं । रामप्रसाद राई स्मृति प्रतिष्ठानको प्रतिनिधि मण्डलले २००७ सालको जनक्रान्तिका योद्धा रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेको प्रतिनिधि मण्डलले राष्ट्रिय विभूति घोषणा गर्ने प्रस्ताव प्रधानमन्त्री समक्ष बुझाएको हो ।

स्मृति प्रतिष्ठानका अध्यक्ष तारादेवी राई र रामप्रसाद राई फाउण्डेशनका अध्यक्ष शुष्मा राईले संयुक्त रुपमा बुझाउनु भएको प्रस्तावमा राईलाई राष्ट्रिय विभूति घोषणा गर्न सम्बन्धित निकायमा निर्देशनका लागि प्रधानमन्त्री समक्ष अनुरोध गरिएको छ ।

प्रतिनिधि मण्डलसँगको भेटका अवसरमा प्रधानमन्त्री ओलीले यस विषयलाई आफूले गम्भीरता पूर्वक लिएको र छलफल अघि बढाएर उपयुक्त निर्णय गर्ने वताए । ‘तपाईंहरुले बडो महत्वको विषय उठाउनु भएको छ, रामप्रसाद राई को हुनुहुन्छ मलाई राम्रोसँग जानकारी छ’, प्रधानमन्त्री ओलीले भने, ‘यस विषयमा छलफल अघि बढाएर उपयुक्त निर्णय लिइनेछ ।’

प्रतिक्रिया दिनुहोस