लागूऔषध सहित २ जना पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लागूऔषध सहित २ जना पक्राउ


२५ श्रावण २०७५, शुक्रबार


काठमाडौं । काठमाडौं महानगरपालिका ३१ बानेश्वर जागृती नगरबाट प्रहरीले लागूऔषध सहित २ जनालार्इ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रे पाँचखाल नगरपालिका ९ घर भएका २६ वर्षीय सन्तोष लामा र सुनसरी धरान १७ घर भएका २६ वर्षीय धनबहादुर राई रहेका प्रहरीले जनाएको छ ।

उनीहरू नुर्फिन ४८ एम्पुल, डाइजेल्याब ४८ एम्पुल, फेनारगन ४८ एम्पुल र ९५ थान सिरिञ्जसहित पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस