२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहकारीबाट ४९ लाख चोरी

अ+ अ-

चितवन । जिल्लामा सहकारी संस्थामा चोरीको घटना बढ्दै गएको छ ।

विगत ६ महिनामा जिल्लका नौ सहकारी संस्थामा चोरी भएको छ । प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार ती सहकारीबाट ४९ लाख ३८ हजार बराबरको चोरी भएको छ । एउटा सहकारीबाट रु १० हजारदेखि ३५ लाखसम्म चोरी भएको छ ।

सवैभन्दा बढी सर्वोदय बहुउद्देश्यीय सहकारी भरतपुरबाट ३५ लाख ८० हजार चोरी भएको छ । गीतानगर साना किसान गरिबी निवारण कृषि सहकारी संस्थाबाट १० हजार, भरतपुरस्थित इन्द्रग्राम पुनर्मिलन सहकारीबाट ५० हजार, माडीको सहनशील महिला सहकारीबाट एक लाख ११ हजार, बछ्यौलीको साना किसान कृषि सहकारीबाट ३६ हजार तथा बछ्यौलीकै वछ्यौली नारी चेतना सहकारीबाट एक लाख १५ हजार चोरी भएको छ ।

यस्तै रत्ननगरको एकीकृत कृषक बचत तथा ऋण सहकारीबाट एक लाख ९९ हजार, भरतपुरको अभ्युदय बहुउद्धेश्यीय सहकारीबाट तीन लाख १७ हजार र भरतपुरकै प्रभा दिदी बहिनी सहकारीबाट छ लाख ५३ हजार चोरी भएको जिल्ला प्रहरी कार्यालयको दर्ता उजुरीमा उल्लेख छ । चोरीमा सम्बन्धित कार्यालयकै कर्मचारी तथा सो विषयबारे जानकार व्यक्तिको संलग्नता रहेको पाइएको ढकालले बताए । घटनाको अनुसन्धान गर्न टोली गठन गरी परिचालन गरिएको छ । सहकारीमा चोरी गर्ने गिरोहले सिसी क्यामेरा नष्ट गरेर चोरी गर्ने गरेको पाइएको छ । शृङ्खलावद्ध रूपमा सहकारी संस्थामा चोरी हुन थालेपछि सहकारीकर्मी चिन्तित बनेका छन् । रासस