काठमाडौं । बलात्कारीलाई आजीवन कारावासको सजाय हुने गरी विद्यमान कानूनमा संशोधन गर्न सरकार तया रहेको छ ।
कानून संशोधनको प्रस्ताव मन्त्रिपरिषद्मा पुगेर छलफलमा रहेको जनाइएको छ ।
सरकारले समाजमा महिला र बालिकामाथि बलात्कारको घटना बढ्दो रुपमा देखिएपछि बलात्कारीलाई आजीवन काराबास सजायको व्यवस्थासहित कानून संशोधन गर्न लागेको हो ।
प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिको बिहिबार बसेको बैठकमा मन्त्री थममाया थापाले बलात्कारको सजाय सम्बन्धमा कानूनमा हुन लागेको संशोधनबारे जानकारी दिँदै १० वर्ष मुनिका बालिका, क वर्गका अपांग महिला तथा ७५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई बलात्कार गर्नेलाई आजीवन काराबास हुने गरी कानूनमा संशोधन गर्न लागेको बताइन्।