स्थानीय तहमा ‘अडियो नोटिस बोर्ड’ राखिने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

स्थानीय तहमा ‘अडियो नोटिस बोर्ड’ राखिने


२५ श्रावण २०७५, शुक्रबार


समायोजन

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई ‘अडियो नोटिस बोर्ड’ सञ्चालन गर्न निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जनतालाई सजिलो र सुशासन हुने भएकाले नोटिस बोर्ड सञ्चालन गर्न निर्देशन दिएको जानकारी दिए ।

नोटिस बोर्डमा स्थानीय तहका काम कारवाही, सूचना र जानकारीमूलक कुरा सेवाग्राहीले सजिलै पाउने उनले बताए ।

‘एक कर्मचारीको आवाजमा स्थानीय तहका सूचना र जानकारीमूलक कुरा रेकर्ड गरेर नोटिस बोर्डमा राखिनेछ,’ सूचना तथा प्रविधि शाखाका कम्प्युटर अधिकृत देवेन्द्रकुमार झाले भने, ‘यसरी राखिएको नोटिस बोर्डको सूचनालाई सेवाग्राहीले २४ घण्टा फोन गरेर सुन्न सक्छन् ।’

नोटिस बोर्डमा २ देखि ३ मिनेटसम्मको आवाज रेकर्ड गरेर राखिनेछ ।

सामजिक सुरक्षाभत्तालगायत सूचनाहरूसमेत नोटिस बोर्डमा राखिने उनले जानकारी दिए ।

टेलिकमले उपलब्ध गराएको ल्याण्डलाइन फोनमा सेवाग्राहीले फोन गरेपछि नोटिस बोर्डबाट स्थानीय तहका गतिविधिसमेत जानकारी पाउने छन् ।

उक्त ल्याण्डलाइन नम्बरमा निःशुल्क फोन गर्न सकिने व्यवस्था गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस