लागुऔषधसहित एक पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लागुऔषधसहित एक पक्राउ


२४ श्रावण २०७५, बिहिबार


काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले अवैध लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले आज बिहान नागढुङ्गामा जाँचका क्रममा काठमाडौँका ३७ वर्षीय राजीव गुरुङलाई पक्राउ गरेको हो ।

प्रभागका प्रहरी निरीक्षक केशवराज भट्टले दाङबाट काठमाडौं आउँदै गरेको ना६ख ७९१० नंको बसमा गुरुङलाई लागुऔषधसहित पक्राउ गरेको जानकारी दिए। गुरुङसँग प्रहरीले १०० एम्पुल डाइजेपाम, १०१ एम्पुल नुर्फिन र १०० एम्पुल फेनार्गन बरामद गरेको छ ।

काठमाडौं महानगरपालिका –१५ स्वयम्भू अन्नपूर्ण चोकबाट लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले अवैध रुपमा लागुऔषध बोकेर हिँडिरहेको अवस्थामा दोलखाका २३ वर्षीय बादल श्रेष्ठलाई बुधबार साँझ पक्राउ गरेको हो । श्रेष्ठसँग ३४ एम्पुल नुर्फिन, ३४ एम्पुल डाइजेल्याव र ६० एम्पुल फेनार्गन बरामद गरेको छ । पक्राउ परेका दुवै जनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस