इन्डोनेसियामा शक्तिशाली परकम्प, ज्यान गुमाउनेको सङ्ख्या ३१९ पुग्यो « प्रशासन
prasaLogo
२४ श्रावण २०७५, बिहीबार

इन्डोनेसियामा शक्तिशाली परकम्प, ज्यान गुमाउनेको सङ्ख्या ३१९ पुग्यो


प्रकाशित मिति : 9 August, 2018 4:00 pm

इन्डोनेसिया । इन्डोनेसियामा बिहीबार पुनः शक्तिशाली भूकम्प गएको छ । यसै हप्तामा गएको यो तेस्रो शक्तिशाली भूकम्प हो ।

यो भूकम्प ५.९ म्याग्नीच्यूडको मापन गरिएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ । तर सुनामीको खतरा नरहेको इन्डोनेसियाली भौगर्भिक निकायले जानकारी दिएको छ ।

यसैबीच लोम्बोक द्वीपमा गत आइतबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ३१९ इन्डोनेसियका सुरक्षा मन्त्री विरान्तोले जानकारी दिएका छन् ।

उद्धारकर्ताहरु भूकम्पको बढी प्रभावित क्षेत्रमा प्रवेश गरेलगत्तै मृतकको सङ्ख्या १६४ पुगेको यसअघि जानकारी दिइएको थियो । रासस/एपी

Tags :
प्रतिक्रिया दिनुहोस