कार्यालय व्यवस्थापनका लागि ५४ लाख रकम « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कार्यालय व्यवस्थापनका लागि ५४ लाख रकम


२४ श्रावण २०७५, बिहिबार


भैरहवा । कार्यालय व्यवस्थापनका लागि प्रदेश नम्बर ५ सरकारले बुटवलका ५ सामाजिक संस्थालाई ५४ लाख रुपैयाँ दिने भएको छ।

मन्त्रिपरिषद् बुधबारको बैठकले बुटवल उद्योग वाणिज्य संघलाई ४० लाख, बुटवल टेक्निकल इन्स्टिच्युटलाई १० लाख, बाल विद्या मन्दिरलाई २ लाख र बुटवल महिला जेसिज र मगर महिला संघलाई एकएक लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस