२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अस्पताल पुगेर उपचार नपाउँदा विरामीको मृत्यु

अ+ अ-

जाजरकोट । उपचारका अभावमा रुकुमको चौरजहारीमा एक बिरामीको मृत्यु भएको छ ।

जाजरकोट भेरी नगरपालिका–४ का ४२ वर्षीय शेरबहादुर विकको उपचार अभावमा मृत्यु भएको हो । दमको समस्या भएकाले रुकुमको चौरजहारी अस्पताल उपचार गराउन आएका विकले उपचार नपाउँदा अकालमा ज्यान गुमाउनुपरेको हो । पाँच दिनदेखि चौरजहारी अस्पताल तनावग्रस्त हुँदा सामान्य तथा जटिल समस्या भएका बिरामी उपचार सेवाबाट वञ्चित छन् ।

गत आइतबार जाजरकोट कुदुकी एक महिलाको रुकुमको विजेश्वरीस्थित चौरजहारी अस्पतालमा उपचारका क्रममा अस्पतालको लापरवाहीले ज्यान गएको भन्दै पीडित पक्षले शव बुझ्न मानेको छैन । मिर्गौलामा भएको पत्थरीको उपचार गर्न अस्पताल गएकी भेरी नगरपालिका–१३ कुदुकी २८ वर्षीया यशुदा मल्ल आरसीको गलत सुईको प्रयोगले मृत्यु भएको भन्दै पीडित पक्षले उचित क्षतिपूर्ति र राहतको माग गरिरहेको छ । उनको शव पाँच दिनदेखि अस्पतालमै छ । समयमा आफन्तले शव नबुझ्दा गन्हाउन थालेको छ । घटनाका कारण अस्पतालको उपचार सेवासमेत प्रभावित भएको छ । रासस