२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कालोबजारीको आरोपमा व्यापारी पक्राउ

अ+ अ-

लहान । मदखादको अभाव रहेको मौका छोपी तोकिएको दरभन्दा बढी मुनाफा लिई मलखादको बिक्री गरेको आरोपमा प्रहरीले आज सिरहा नगरपालिकाबाट एक व्यापारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहा नगरपालिका–७ थानाचोकस्थित लक्ष्मी खाद्य भण्डार पसलका सञ्चालक ३५ वर्षीय मुकेशप्रसाद गुप्ता रहेको प्रहरीले जनाएको छ । मलको कालोबजारी गरिरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गुप्तालाई पक्राउ गरेको हो ।

डिएपी मल प्रतिबोरा दुई हजार ३०० मा बिक्री गर्नुपर्नेमा सञ्चालक गुप्ताले प्रतिबोरा दुई हजार ५०० का दरले बिक्री गरिरहेको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधव रिमालले जानकारी दिए।

गुप्तामाथि कालोबजार ऐनअन्तर्गत म्याद थप गरी आवश्यक अनुसन्धान थालिएको छ ।

यस्तै भारतबाट अवैधरुपमा नेपालतर्फ ल्याउँदै गरेको रु एक लाखभन्दा बढी मूल्य बराबरको सामानसहित सिरहा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले भन्सार छलेर ल्याउँदै गरेको अवैध सामानसहित आज बिहान सिरहाको गोलबजार नगरपालिका–७ निवासी ललितादेवी महतो र सिरहाकै कल्याणपुर नगरपालिका–९ निवासी शम्भु यादवलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाको साथबाट गुन्द्री १६ पिस, राजनिवास चार बोरा, दाल ५० किलो, चकलेट पाँच कार्टुन, रेगुलेटर, खाने तेल तीन टिन, रसवरी तीन कार्टुन, स्याम्फो चार कार्टुन, लदरी पानमा लगाउने छ कार्टुन, पापड एक कार्टुन लत्ता कपडा र कस्मेट्रिकलगायतका करीब रु एक लाखभन्दा बढी मूल्य बराबरको सामान बरामद भएको प्रहरी नायब उपरीक्षक रिमालले बताए । रासस