कस्तुरीको बिनासहित चार पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कस्तुरीको बिनासहित चार पक्राउ


२४ श्रावण २०७५, बिहिबार


काठमाडौं । कस्तुरीको बिनासहित चार जना पक्राउ परेका छन् । दरबारमार्गबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका – २७ ज्याठामा कस्तुरीको बिना बिक्री वितरणको सूचनाका आधारमा बुधबार साँझ चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेको भुम्लु घर भई हाल स्वयम्भु बस्ने कृष्ण नेपालीको २८ वर्षीय छोरा दीपक, रामेछापको गोकुलगंगा घर भई हाल सिनामंगल बस्ने जित सिंह सुनुवारको १८ वर्षीय छोरा अर्पण, रामेछापकै बेथान बस्ने ईन्द्रबहादुर पाण्डेको छोरा १७ वर्षीय उज्वल र सल्यानको कालागाउँ घर भई हाल चाबहिल बस्ने मेघलाल बस्नेतको २२ वर्षीय छोरा जीबन बस्नेत रहेका छन् ।

पक्राउ परेकाहरुमध्ये अर्पण सुनुवारको साथबाट कस्तुरीको बिना ३ थान बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुलाई महानगरीय प्रहरी वृत्त दरवारमार्गमा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस