घुस माग्ने दुई कर्मचारी अख्तियारको फन्दामा « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

घुस माग्ने दुई कर्मचारी अख्तियारको फन्दामा


२३ श्रावण २०७५, बुधबार


घुस

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस मागेको आरोपमा दुई कर्मचारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नापी कार्यालय कलंकीका नापी सर्वेक्षक हरिबहादुर ओली र कार्यालय सहयोगी अमरलाल श्रेष्ठ रहेका छन् ।

बुधबार दुवै जनालाई १५ हजार घुस रकमसहित अख्तियारको टोलीले कार्यालयबाटै पक्राउ गरेको हो ।

नागार्जुन नगरपालिकाको विवाद मिलाइदिने भन्दै उनीहरुले घुस लिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस