२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्यानाडेली सैनिक २४ वर्षपछि अफ्रिकी मिसनमा

अ+ अ-

माली । उत्तरी मालीको घाँसे मैदानमा प्रवेश गर्नुअघि नाइजर नदीको माथिमाथि उडान भर्दै एउटा क्यानाडेली दुई–इन्जिनयुक्त सैनिक हेलिकप्टर मालीको विद्रोही इलाकामा पहिलो पटक प्रवेश गरेको देख्न सकिन्थ्यो ।

दुई जना तोपधारी सैनिक माथिबाटै जमिनको स्थिति नियालीरहेका छन् । यसैबीच पाइलटले घोषणा गर्दछन्, “लौ बर्बाद भयो । एउटा इन्जिनले काम गरेन । अब एउटा इन्जिनको भरमा उड्नु पर्छ ।”  अफ्रिकामा २४ वर्षपछि क्यानडाले पहिलो शान्ति सैनिक पठाएसँगै उनीहरुले द्वन्द्व र मौसमका बारेमा प्रत्यक्ष बुझ्न थालेका छन् । सायद, यस्तो परिस्थितिको उनीहरुले विगतमा कहिल्यै सामना गर्नु परेको थिएन ।

उनीहरु संयुक्त राष्ट्रसंघको सर्वाधिक कठिन र खतरनाक मिसनमा सहभागी भएका छन् । मालीमा हाल राष्ट्रसंघ मातहत १४,००० सैनिक परिचालित छन् । पश्चिम अफ्रिकी मुलुक माली व्यापक, बन्जर साहेल क्षेत्रमा अवस्थित छ । उत्तरी मालीमा उडान भर्नु दुरुह आर्कटिक क्षेत्रमा कार्य गर्नु जस्तै हो । गाओमा तैनाथ क्यानाडेली हवाई सेनाका कमान्डर लेफ्टीनेन्ट कर्णेल क्रिस मोरिसनले भने, “यहाँ आर्कटिकको हिउँको ठाउँमा बालुवा छ र त्यहाँ माइनस ४० डिग्री छ, यहाँ ४० डिग्रीको प्रचण्ड गर्मी छ ।”

सहारामा अति डरलाग्दो परिस्थितिमा हवाई उडान गर्नु पर्दछ, मर्मत गर्न वा तेल भर्न जमिनमा ठाउँ नै भेट्न मुश्किल छ, उहाँ भन्छन् । उनीसँग यसअघि बोस्निया र अफगानिस्तानमा काम गरेको अनुभव पनि छ । क्यानाडाले सन् १९५० को दशकमा राष्ट्रसंघ मातहत ठूलै स्तरमा शान्ति सेना गठन गर्नुपर्नेमा वकालत गरेको थियो, तर शान्ति सैनिकले लगाउने “निलो हेल्मेट” लगाएका सेना एक दशकयता ठूलो संख्यामा कतै पनि पठाएको छैन । तथापि, क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले शान्ति अभियानमा पुनः सहभागी हुने इच्छा देखाएको छ । सन् २०२१ मा राष्ट्रसंघ सुरक्षा परिषदको अस्थायी सदस्य हुनका लागि पनि प्रधानमन्त्री जस्टिनले शान्ति अभियानमा सहभागी हुनेतर्फ कदम चाल्नुभएको हुनसक्छ ।

सन् १९९४ को रुवान्डाको जातीय नरसंहार यता अफ्रिकामा क्यानाडाको यो पहिलो मिसन हो । त्यसबखत राष्ट्रसंघीय मिसनको नेतृत्व क्यानाडाले नै गरेको थियो ।

गत महिनादेखि छ वटा हेलिकप्टर सहित २५० जना सैनिक यहाँ आइपुगेका हुन् । उनीहरुले यसअघि जर्मन सैनिकले गरिरहेको स्वास्थ्य उद्धारको कार्य गर्नेछन् । उनीहरुलाई गाओको क्यास्टोर क्याम्पमा राखिएको छ जहाँ ९०० जर्मन र १०० नेदरल्यान्डका सैनिक तैनाथ छन् । त्यहीं नजिक, राष्ट्रसंघको अर्को क्याम्पमा गैर–नेटो मुलुकका अरु ४,००० सैनिक तैनाथ छन् ।

मालीमा रहेको मानुस्मालाई अहिले राष्ट्रसंघको सर्वाधिक खतरनाक शान्ति अभियानका रुपमा लिइएको छ । सन् २०१३ मा यो अभियान तैनाथ गरेयता १७० जनाभन्दा बढी सैनिक मारिइसकेका छन् र यो संख्या विश्वभर शान्ति सैनिक मारिएकामध्ये आधाभन्दा बढी हो । अलकायदासँग निकट रहेका इस्लामिक लडाकूहरुले सन् २०१२ देखि उत्तरी मालीको मरुभूमिमा नियन्त्रण गरिरहेका थिए, तर जनवरी २०१३ मा आरम्भ गरिएको फ्रान्सेली नेतृत्वको सैनिक अपरेशनले उनीहरुलाई त्यहाँबाट तितरबितर पारेको दाबी गरिएको छ ।

तर, मुलुकको ठूलो हिस्सा अझै पनि माली, फ्रेन्च र राष्ट्रसंघीय सैनिकको नियन्त्रणभन्दा बाहिर छ र उनीहरुले बारम्बार आक्रमण गरिरहेका छन् । “हामी राष्ट्रसंघलाई मद्दत गर्न चाहन्छौं, तर यो अति कठिन अभियान हो,” मालीमा तैनाथ क्यानाडेली सेनाका कमान्डर क्रिस म्याकेन्ना भन्छन् । “यो निकै जटिल पनि छ । यहाँको वातावरण कठोर छ, धुलो र प्रचण्ड गर्मी छ । तैपनि, हामीले रामै्रसँग काम गरिरहेका छौं ।”

क्यानाडाले राष्ट्रसंघीय मिसनमा आफूलाई पुनः समाहित गरेकामा यहाँ तैनाथ सैनिकहरुले खुशी व्यक्त गरेका छन् । “मिसनमा पुनः काम गर्न पाउँदा खुशी लागेको छ । हामी यहाँ मानिसको जीवन बचाउन आएका हौं,” हेलिकप्टरका पाइलट डोमिनिक सिमार्डले भन्छन् ।

क्यानाडेली सैनिकहरुले हवाई सेवा मात्र उपलब्ध गराउनेछन् । उनीहरुलाई पैदल लडाईंमा खटाइने छैन । रासस/एएफपी