२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पेटाङ्ग टोली स्वदेश फिर्ता : महिला टोलीले हासिल गर्यो तेस्रो स्थान (फोटो फिचर)

अ+ अ-

काठमाडौं । थाइल्यान्डको करावीमा जुलाइ २६ मा आयोजना भएको थाइल्यान्ड पेटाङ्ग अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामा भाग लिन नेपालबाट गएको आठ सदस्यीय टोली स्वदेश फिर्ता भएको छ । पेटाङ्ग संघका महासचिव कुलबहादुर थापाको नेतृत्वको टोली प्रतियोगितामा उत्साहप्रद सहभागिता जनायर स्वदेश फिर्ता भएको हो ।

प्रतियोगितामा महिला टोलीले तेस्रो स्थान हासिल गरेको छ । प्रतियोगितामा पुरुषतर्फ पुरुषोत्तम थापा, शुशील भण्डारी, इश्वर लामा र महेश शर्मा तथा महिलातर्फ रन्जना प्रधान, जमुना महर्जन र विष्णुमाया श्रेष्ठले सहभागिता जनाएका थिए ।

यसैगरी, पेटाङ्ग ट्रेन दी ट्रेनर कोर्समा भाग लिन पनि पाँच सदस्यीय टोली थाइल्यान्ड प्रस्थान गरेको थियो । उक्त कोर्स जुलाई २६ देखि ३१ सम्म सञ्चालन भएको थियो । टोलीमा राजेन्द्रप्रसाद जोशी, मिनप्रसाद गैरे, अभिषेक भारी, प्रमोद उप्रेती र सन्दीप अधिकारी सहभागि थिए । उनीहरु उक्त कोर्स सफलता पूर्वक सम्पन्न गरी स्वदेश फिर्ता भएका हुन् ।

फर्किएको टोलीलाई संघका मुख्य प्रशिक्षक एवम् केन्द्रीय सदस्य स्वभित भट्ट र घनश्याम ज्ञवालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

कोर्समा सहभागी टोलीले थुप्रै कुरा सिकेको अनुभव सुनाएको बताउँदै संघका सचिव दिपक जोशीले अब सातै प्रदेशका खेलाडिलाई प्रशिक्षण दिने बताए । उनले भने ‘यो जुन सुकै उमेर समूहका मान्छेले पनि खेल्न सक्छन्, नेपालमा यसको विकासका लागि संघले थुप्रै काम गरिरहेको छ । अझै विदेशी खेलाडिको अनुभव बटुलेर नेपाली खेलाडिलाई प्रशिक्षित गर्न सकियोस् भन्ने हाम्रो उद्देश्य हो । अब यो टोली पेताङ्गको विकासका लागि विभिन्न ठाउँमा प्रशिक्षण दिने छ ।’

जोशीले युरोपमा निकै चर्चित रहेको यस खेललाई नेपालमा पनि विकास गर्न सके प्रयर्टन पनि भित्र्याउन सकिने धारणा व्यक्त गरे ।