साईकलयात्री बानिँया बैतडीमा,गोकुलेश्वरमा सम्मान  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

साईकलयात्री बानिँया बैतडीमा,गोकुलेश्वरमा सम्मान 


२३ श्रावण २०७५, बुधबार


बैतडी । साईकल यात्री ओमप्रकाश बानिँया बैतडी पुगेका छन् । बानिँयालाई गोकुलेश्वरमा सम्मान तथा सहयोग गरिएको छ । नेपालमा शान्ति, सम्वृद्धि र स्थायित्व कायम गराउने उद्देश्यले सुनसरीका ओम प्रकाश बानिँया देशभर साईकल यात्रा गरिरहे छन् ।

जलवायुका लागी नेपाली युवा सञ्जाल (एनवाईसिए)बैतडी, सुदूरपश्चिम विद्यार्थी समाज, नेपाल युवा रेडक्रस सर्कल गोकुलेश्वर र साहित्यीक मञ्च गोकुलेश्वरले बानिँयालाई गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजमा सम्मान गरिएको हो ।

२७ बर्षे युवा बानिँयालाई संघसंस्थाले खादा,अविरसहित सम्मान गरेको जलवायुका लागी नेपाली युवा सञ्जाल (एनवाईसिए) बैतडीका अध्यक्षले जानकारी दिए ।

वि. स. २०७४ वैशाख १९ गते सुनसरीवाट साईकल यात्रा सुरु गरेका बानिँयाले देशका ७७ जिल्ला पुग्ने बताए। बैतडीमा बानिँया ५७ औं जिल्लाका रुपमा साईकल यात्रा गरिरहेका हुन् । यसअघि उनले देशका ५६ जिल्लामा साईकल यात्रा गरिसकेका छन् ।

देशका ७७ वटै जिल्लामा यात्रा गरिसकेपछी काठमाडौं पुगेर यात्रा समापन गरिने साईकल यात्री ओम प्रकाश बानिँयाले बताए ।

बालअनाथालय स्थापनाको लागी यात्राकै क्रममा ६६ हजार बढी रकम संकलन गरिसकेको साईकल यात्री बानिँयाको भनाई रहेको छ । बैतडीमा साईकलयात्रा समापनपश्चात ५८ जिल्लाको रुपमा दार्चुला जाने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस