२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वैच्छिक अवकासको रिटमा सर्वाेच्चको अग्राधिकार आदेश

अ+ अ-

काठमाडौं । स्वैच्छिक अवकास योजना कार्यान्वयन हुनुपर्ने माग राखी परेको रिटमा सर्वाेच्च अदालतले अग्राधिकारको आदेश दिएको छ । न्यायाधीशद्वय चोलेन्द्रशमशेर राणा र तेजबहादुर केसीको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।

सरकारले कर्मचारी समायोजन ऐन, २०७४ को दफा १३ (४) बमोजिम २०७४ पुस २८ गते स्वैच्छिक अवकासमा जान इच्छुक कर्मचारीहरूबाट निवेदन आह्वान गरेको थियो । तर, त्यसको पाँच महिनापछि (२०७५ जेठ २७ गते) सरकारले नेपाल राजपत्रमा स्वैच्छिक अवकास प्रक्रियाबाट फिर्ता हुन इच्छुक कर्मचारीहरूले निवेदन फिर्ता लिन सक्ने सूचना प्रकाशित गरेको थियो । सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै कर्मचारी समायोजन ऐनबमोजिम स्वैच्छिक अवकास योजना कार्यान्वयनको माग दाबी गर्दै निजामती कर्मचारीहरूले असार ३२ गते सर्वाेच्चमा उत्प्रेषण परमादेशको रिट दायर गरेका हुन् ।

कानुनको मान्य सिद्धान्तलाई समेत आफूअनुकूल सरकारले स्वैच्छाचारी ढंगले उपयोग गर्न नहुने र शक्ति पृथकीकरणको सिद्धान्तको पालना गर्न सरकारलाई सचेत गराउनसमेत रिटमा माग गरिएको छ । रिट निवेदकहरूको तर्फबाट बरिष्ठ अधिवक्ताद्वय सुरेन्द्रकुमार खड्का र नरेन्द्रकुमार पाठक, अधिवक्ताहरू निरबहादुर पौडेल, ओमप्रकाश अर्याल, कैलाशपति निरौला समेतले बहस गरेका थिए ।