प्रशासकीय अदालतसम्बन्धी विधेयक विधायन समितिमा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रशासकीय अदालतसम्बन्धी विधेयक विधायन समितिमा


२३ श्रावण २०७५, बुधबार


काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले ‘प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ लाई दफाबार छलफलको लागि विधायन समितिमा पठाएको छ ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रस्तुत गरेको सो विधेयकलाई सर्वसम्मतिले समितिमा पठाउने निर्णय गरेको हो ।

यस्तै बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मन्त्रिपरिषद् विस्तारसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाएका थिए । राष्ट्रियसभाको अर्को बैठक यही साउन २८ गते सोमबार ११ बजे बस्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस