अपराध सम्बन्धी चार सय मुद्दा दर्ता « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अपराध सम्बन्धी चार सय मुद्दा दर्ता


२३ श्रावण २०७५, बुधबार


काठमाडौं । महानगरीय अपराध महाशाखाले विभिन्न अपराधमा संलग्न ४०९ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।

महाशाखाले आर्थिक वर्ष २०७४/७५ मा ठगी, कर्तव्य ज्यान, मानव बेचविखन तथा ओसारपसार, लागूऔषध, डाँका, चोरी, अपहरण, हातहतियार, बैंकिङ कसुर, सार्वजनिक अपराध, जुवालगायत सम्बन्धी मुद्दा दर्ता गरेको हो । ठगी सम्बन्धी १०२, सार्वजनिक अपराधका ७६, विद्युतीय कारोबार ऐन ६२, चोरी ४५, बैकिङ कसुर २९, सरकारी छापा दस्तखत किर्ते सम्बन्धी १५, मानव बेचविखन तथा ओसारपसार १२, भन्सार राजश्व छली ११ तथा कर्तव्य ज्यान सम्बन्धी १० वटा मुद्दा दर्ता भएको अपराध महाशाखाका प्रवक्ता नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए ।

यस्तै अवैध वन्यजन्तु सम्बन्धी आठ, लागूऔषध ६, ज्यान मार्ने उद्योग ६, हातहतियार तथा खरखजना तीन, डाँका दुई, जबर्जस्ती करणी दुई, कारागारबाट फरार दुई, अपहरण तथा बन्धक दुई, खुनडाँका एक, सम्पत्ति शुद्धीकरण एक, कालोबजारी एक, स्रोत नखुलेको सम्पत्ति एक तथा जुवा खेलाउने एक जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । उप्रेतीका अनुसार महाशाखाले ४०९ अपराधका घटनामा ६६४ व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेको छ । पक्राउ पर्नेमा २० विदेशी नागरिकसमेत छन् ।

अघिल्लो आवको तुलनामा गत आवमा सामाजिक सञ्जालबाट सिर्जना भएका घटनामा वृद्धि भएको महाशाखाले जनाएको छ । सामाजिक सञ्जालको प्रयोग बढेसँगै विद्युतीय कारोबार ऐनका घटनामा वृद्धि भएको छ । रासस

प्रतिक्रिया दिनुहोस