२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्ती अस्पतालमा चिकित्सक अभाव

अ+ अ-

दाङ । दश वर्षअघि जनसहभागितामा निर्माण गरिएको तुलसीपुरको राप्ती अञ्चल अस्पताल डेढ वर्षदेखि निमित्तको भरमा सञ्चालनमा छ ।

लामो समयदेखि अस्पतालमा मेडिकलसुपरिटेण्डन्ट नहुँदा अस्पतालको सेवा प्रभावित बनेको छ । बिरामीले पर्याप्त सेवा पाउन सकेका छनैन् । अस्पताल रिफर सेन्टर मात्रै बनेको नागरिकले गुनासो गरेका छन् ।

“अस्पताल छ, डाक्टर छैनन्,” स्वास्थ्य उपचार गराउन आउनुभएकी तुलसीपुर उपमहानगरपालिका–६ का राधा पाण्डेयले भने, “कर्मचारीले घोराही अस्पताल जान सल्लाह दिएका छन् ।” यहाँ उपचार गराउन आउने अधिकांश बिरामीले यस्तै गुनासो गर्ने गरेका छन् ।

उक्त अस्पतालमा १४ विशेषज्ञ चिकित्सकको दरबन्दी छ । हाल यहाँ पाँच चिकित्सक मात्र कार्यरत रहेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा मेडिकल सुपरिडेण्डेन्टका रुपमा कार्यरत डा. भोला श्रेष्ठ डेढ वर्षअघि स्वास्थ्य मन्त्रालमा काज सरुवा भएर गएपछि हालसम्म अस्पताल निमित्तको भरमा सञ्चालन हुँदै आएको छ । स्त्रीरोग विशेषज्ञ डा. विनोद सिंहले निमित्तको रुपमा काम गर्दै आएका छन् ।

“अस्पतालमा दक्ष जनशक्ति र उपकरणको अभाव छ, आइसीयु सेवा सञ्चालन गर्न सकिएको छैन,” अस्पतालका प्रशासन अधिकृत निमबहादुर केसीले भने । अस्पतालमा हाल कूल ७४ जनाको दरबन्दी रहेपनि ५६ कर्मचारी मात्र कार्यरत छन् । सबैभन्दा बढी समस्यामा सर्पदंशका बिरामी पर्ने गरेका छन् । उनीहरुको उपचार गर्न आवश्यक भेन्टिलेटरको अभाव छ । रिफर गर्दा बाटोमै ज्यान जाने गरेको छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट सिंह पर्याप्त जनशक्ति, उपकरण र भौतिक पूर्वाधार नहुँदा सेवा प्रवाहमा कठिनाइ भएको बताउँछन् । उनले भने, “एनआइसीयु सञ्चालनका लागि सामग्री आएको छ, दक्ष जनशक्तिका कारण सेवा दिन सकेका छैनौँ ।”

वि.सं. २०६५ मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा रहेको उक्त अस्पतालको स्तरवृद्धि गरी राप्ती अञ्चल अस्पताल बनाइएको हो । सो क्षेत्रका नागरिकले महापुराण लगाएर संकलन गरेको दुई करोड तथा पाँच बिघा जग्गा अञ्चल अस्पताललाई हस्तान्तरण गरेका थिए । यहाँ प्रदेश नं ५ का दाङ, रुकुम, रोल्पा तथा कर्णाली प्रदेशको सल्यान, जाजरकोटलगायत जिल्लाबाट बिरामी उपचारका लागि आउने गरेका छन् । उचित उपचार पाउन नसकेपछि बिरामी बाँकेको कोहलपुर, बुटवल, काठमाडौं तथा भारत जाने गरेका छन् । रासस