नेपाली यू–२३ फुटबल टोली मैत्रीपूर्ण खेलमा पराजित « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेपाली यू–२३ फुटबल टोली मैत्रीपूर्ण खेलमा पराजित


२३ श्रावण २०७५, बुधबार


नेपाली यू–२३ फुटबल टोली

काठमाडौं । थाइल्यान्डमा जारी एशियाली खेलकूदको तयारी गरिरहेको नेपाली यू–२३ फुटबल टोली मैत्रीपूर्ण खेलमा पराजित भएको छ ।

मंगलबार साँझ थाइल्यान्डको राजधानी बैंककस्थित बुन्याचिन्दा रंगशालामा त्यहाँको पुलिस टेरो एफसी क्लबसँग नेपाल १–० गोल अन्तरले पराजित भएको हो । नेपालका आदित्य चौधरीले खेलको ३९औँ मिनेटमा आत्मघाती गोल गरेका थिए । चौधरीले बल क्लियर गर्न खोज्दा गोल भएको थियो ।

नेपाली फुटबल टोली एशियाली खेलकूदको तयारीका लागि थाइल्यान्ड गएको हो । नेपाली यू–२३ टोलीले अब शुक्रबार थाइल्यान्डको यू–२३ टोलीसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस