२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली सेनाको तालीम र कुशलताकालागि अमेरिकी सहयोग महत्वपूर्ण : रक्षामन्त्री

अ+ अ-

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल र अमेरिकाबीचको सैनिक सम्बन्धलाई ठोस र व्यवस्थित ढङ्गले कार्यक्रममा आधारित बनाउनुपर्ने बताए ।

सिंहदरबारस्थित रक्षा मन्त्रालयमा अमेरिकी इण्डो–प्यासिफिक कमाण्डका डेपुटी कमाण्डर ब्रायन फेन्टनसँगको भेटमा रक्षामन्त्री पोखरेलले नेपाली सेनाको तालीम र कुशलता अभिवृद्धिका लागि अमेरिकी सहयोग महत्वपूर्ण हुने बताए ।

सो अवसरमा डेपुटी कमाण्डर फेन्टनले नेपाल र अमेरिकाबीच ‘स्टेट पार्टनरसिप प्रोग्राम’(राज्य साझेदारी कार्यक्रम) सञ्चालन गर्ने नीतिबारे नेपाललाई पहिलो प्राथमिकता दिइएको बताए ।

नेपाली सेना र अमेरिकी सेनाले हाल सञ्चालन गरिरहेको संयुक्त तालीम अत्यन्त प्रभावकारी छ भन्दै उनले विश्व शान्ति स्थापनाका लागि नेपाली सेनाको अद्वितीय योगदान रहेको बताए। डेपुटी कमाण्डर फेन्टनले विगतदेखि सैन्य क्षेत्रमा अमेरिकाले पु-याउँदै आएको सहायतालाई निरन्तरता दिइने बताउँदै भने, “नेपालको लोकतन्त्रको विकासमा अमेरिका सदैव सहयात्रा गर्न तयार छ ।”

सो अवसरमा रक्षा मन्त्रालयका सहसचिव ऋषिराज भण्डारी, अमेरिकी दूतावासका उच्च अधिकारीका साथै परराष्ट्र मन्त्रालयका प्रतिनिधिको सहभागिता थियो ।