प्रदेश नं. १ मा बन्दले जनजीवन प्रभावित « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रदेश नं. १ मा बन्दले जनजीवन प्रभावित


२२ श्रावण २०७५, मंगलबार


इलाम । बन्दका कारण इलामसहित पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बूवान पार्टी नेपाल, लिम्बूवान राष्ट्रिय क्रन्तिकारी पार्टी र कोचिला एकता मोर्चाले बन्दको आह्वान गरेका हुन् । बन्दमा लिम्बूवान जनता पार्टी नेपाल, खम्बुवान मुक्ति मोर्चा संघीयवादी, संघीय खम्बुवान लोकतान्त्रिक पार्टीलगायत सात पार्टीले ऐक्यवद्धता जनाएको विज्ञप्तिमा उल्लेख छ । वर्तमान संविधानले मुलुकमा जाति, वर्ग, लिंग र समुदायलाई संवैधानिकरूपमा अधिकार सम्पन्न गराउन नसकेको आरोप लगाउँदै त्यसको विरोधमा उनीहरुले बन्द आह्वान गरेका हुन् ।

प्रदेश नं १ को नाम किरात–लिम्बूवान–खम्बुवान हुनुपर्ने बन्दकर्ताद्वारा जारी अपिलपत्रमा उल्लेख छ । बन्दका कारण यहाँका शैक्षिक संस्था तथा यातायात सेवा ठप्प छ । बिहानैदेखि यातायातका साधन नचल्दा यात्रु गन्तव्यमा पुग्न सकेका छैनन् । सडकमा यात्रुको बिचल्ली भएको छ । बन्दका कारण पूर्वी नेपालका ताप्लेजुङ, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभा, इलाम, सुनसरी, मोरङ र झापामा यातायातका साधन चलेका छैनन् । रासस

प्रतिक्रिया दिनुहोस