अझै ३ दिन देशभर बदली, मध्य र पूर्वमा भारी वर्षाको सम्भावना « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अझै ३ दिन देशभर बदली, मध्य र पूर्वमा भारी वर्षाको सम्भावना


२२ श्रावण २०७५, मंगलबार


काठमाडौं । आगामी ३ दिन देशभर बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मध्य तथा पूर्वमा भने भारी वर्षाको सम्भावना रहेको  महाशाखाको अनुमान  छ ।

महाशाखाका अनुसार, मंगलबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली हुने छ । देशका थोरै स्थानमा भने आज भारी वर्षा हुनसक्ने र राती मध्य तथा पूर्वका केही स्थानमा भारी वर्षा हुने अनुमान छ ।

त्यस्तै साउन २३ गते दिउँसो हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ । २४ गते देशभर बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस