४ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालको संविधानसँग सम्बन्धित वस्तुगत प्रश्नोत्तर

लोक सेवा तयारी
अ+ अ-

१. नेपालको संविधान सम्बन्धमा देहायका कथनहरूबारे विचार गर्नुहोस्ः
a. नेपालको अन्तरिम संविधान विधान, २००४ मा लोक सेवा आयोगको व्यवस्था गरिएको थिएन ।
b. नेपाल अधिराज्यको संविधान, २०१५ मा कुनै पनि अनुसूचीको व्यवस्था गरिएको थिएन ।
c. नेपालको वर्तमान संविधान २०७२ असोज २ गते जारी गरिएको हो ।
d. नेपालको अन्तरिम संविधान, २०६३ जारी गर्दाका दिन मंगलबार परेको थियो ।

उत्तरहरूः
a. a र b मात्र ठिक
b. a, b र c मात्र ठिक
c. b मात्र ठिक
d. सबै ठिक

२.नेपालको संवैधानिक इतिहासमा देहायमध्ये कुन संविधानमा सर्वप्रथम सामाजिक व्याख्या र नागरिकको सामाजिक व्यवस्थाको उल्लेख गरिएको थियो ?
a. नेपाल सरकार वैधानिक कानुन, २००४ ।
b. नेपालको अन्तरिम शासन विधान, २००७ ।
c. नेपाल अधिराज्यको संविधान, २०१५ ।
d. नेपालको संविधान, २०१९ ।

३. नेपालको संविधान, २०१९ को मस्यौदा गर्न बनेको आयोगमा जम्मा कति जना सदस्य रहेका थिए ?
a. ६ जना
b. ४ जना
c. ९ जना
d. ५ जना

४. वर्तमान नेपालको संविधानमा राष्ट्रपति हुनका लागि कम्तिमा कति वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था गरिएको छ ?
a. ४५ वर्ष
b. ५८ वर्ष
c. ६५ वर्ष
d. कुनै व्यवस्था गरिएको छैन

५. वर्तमान संवैधानिक व्यवस्था अनुसार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको प्रगतिशील कार्यान्वयन भए÷नभएको अनुगमन र मूल्यांकन कसले गर्छ ?
a. राष्ट्रपति
b. प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
c. संघीय संसद
d. कसैले गर्न पाउँदैन

६. नेपालको संविधानसम्बन्धी विभिन्न अनुसूचीहरू र सो अनुसूचीमा रहेका विषयहरूबीच जोडा मिलाई कोडबाट सही उत्तर छान्नुहोस् ?
a. निशानाछाप                        1.अनुसुची ५
b. संघको अधिकार सूची         2. अनुसुची ३
c. प्रदेशमा रहने जिल्ला           3.अनुसुची ४
d. स्थानिय तहको अधिकार     4. अनुसुची ८
उत्तरहरू :

A. a-1, b-2, c-3, d-4

B. a-2, b-3, c-4, d-1

C. a-4, b-3, c-2, d-1

D. a-2, b-1, c-3, d-4

७. नेपालको संविधानमा ‘राष्ट्रिय झण्डाको आकार …..ले निर्धारण गरेबमोजिम हुनेछ’ भन्ने व्यवस्था गरिएको छ :
a. संघीय कानुन
b. जिल्ला प्रशासन कार्यालय
c. नेपाल सरकार
d. राष्ट्रिय झण्डासम्बन्धी कानुन

८. वर्तमान संविधान अनुसार संघीय संसदको कुनै पनि सदनको बैठकमा सम्पूर्ण सदस्य संख्याको ….सदस्य उपस्थित नभएसम्म कुनै प्रश्न वा प्रस्ताव निर्णयका लागि पेश हुने छैन । (धारा ९४ गणपुरक संख्या)
a. एक तिहाई
b. सामान्य बहुमत
c. एक चौथाई
d. दुई तिहाई

९. नेपालको संविधान अनुसार संक्रमणकालीन अवस्थामा समेत पूर्णरूपमा कायम रहने मौलिक हक देहायमध्ये कुन हो ?
a. सञ्चारको हक
b. धार्मिक स्वतन्त्रताको हक
c. समानताको हक
d. गोपनियताको हक

१०. नेपालको वर्तमान संंवैधानिक व्यवस्थामध्ये तलका कथन सम्बन्धमा विचार गरी कोडबाट सही उत्तर छान्नुहोस्
a. राष्ट्रिय प्राकृतिक स्रोतसाधन तथा वित्त आयोगमा अध्यक्षसहित बढीमा चार सदस्य रहन्छन् ।
b. नेपाली सेना सम्बन्धी व्यवस्था संविधानको धारा २६७ मा गरिएको छ ।
c. नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता, स्वाधिनता र जनतामा निहित सार्वभौमसत्ता नेपालको संविधानले व्यवस्था गरेका असंशोधनीय प्रावधानहरू हुन् ।
d.वर्तमान संविधानमा ३५ भाग, ३०९ धारा र ९ अनुसूची रहेका छन् ।

उत्तरहरू :
a. b र d मात्र ठिक
b. a र b मात्र ठिक
c. b मात्र ठिक
d. c मात्र ठिक

११. नेपालको संंवैधानिक इतिहासमा पहिलो संविधानका रूपमा परिचित नेपाल सरकार वैधानिक कानुन, २००४ मा राखिएको अनुसूचीको नाम के थियो ?
a. अनुसूची–१
b. फेहरिस्त–‘एक’
c. सूची–‘क’
d. फेहरिस्त–‘क’

१२. नेपालको संविधानसम्बन्धी दिइएका समूहहरूबीच जोडा मिलाई कोडबाट सही उत्तर छान्नुहोस् ।
a. निर्वाचन आयोग                 1. धारा ११४
b. अध्यादेश                            2. धारा २६९
c. संघीय सञ्चित कोष              3. धारा २४५
d. राजनीतिक दलको गठन    4.धारा ११६
उत्तरहरू :
A.a-3, b-1, c-4, d-2

B.a-3, b-4, c-1, d-2

C. a-2, b-1, c-4, d-3

D.a-2, b-4, c-1, d-3

१३. तलका संवैधानिक व्यवस्था सम्बन्धमा विचार गर्नुहोस् ।
a. संविधान अनुसार राज्यशक्ति भन्नाले अवशिष्ट अधिकार समेतलाई बुझ्नुपर्छ ।
b. स्थानीय तह भन्नाले जिल्ला सभा समेतलाई सम्झनुपर्छ ।
c. संविधानको भाग ३५ अनुसार वर्तमान संविधानको नाम ‘नेपालको संविधान, २०७२’ रहेको छ ।

उत्तरहरू :
a.a र b सही अ गलत
b. सबै सही
c. सबै गलत
d. a र c सही b गलत

१४. नेपालको संविधानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान संगठन सम्बन्धी व्यवस्था कुन धारामा गरिएको छ ?
a. धारा २४८
b. धारा २६८
c. धारा २५८
d. धारा २७८

१५.तलका विकल्पहरूमध्ये सही उत्तर पत्ता लगाउनुहोस् : 
a. नेपाल अधिराज्यको संविधान, २०१५ मा भाग ३ मा मौलिक हकको व्यवस्था गरिएको थियो ।
b. नेपालको संविधान, २०१९ मा ४ वटा नागरिकका कर्तव्यहरू उल्लेख गरिएको थियो ।
c. नेपाल अधिराज्यको संविधान, २०४७ मा १३ वटा मौलिक हकको व्यवस्था गरिएको थियो ।
d.माथिका सबै विकल्पहरू ठिक छन् ।

Key :

1 C 9 C
2 B 10 C
3 A 11 D
4 A 12 A
5 C 13 A
6 D 14 B
7 C 15 D
8 C

विश्वको इतिहास सम्बन्धी वस्तुगत प्रश्नोत्तर

विषयगत प्रश्नको उत्तरको नमुना तथा समाधानको तरिका

वातावरण तथा विज्ञानसँग सम्बन्धित वस्तुगत प्रश्नोत्तर: भाग ३

विश्वको भूगोल सम्बन्धी वस्तुगत प्रश्नोत्तर : भाग २

अन्तर्राष्ट्रिय सम्बन्ध र संघसंस्थासम्बन्धि केही महत्वपूर्ण वस्तुगत प्रश्नोत्तरहरू :भाग 

कसरी गर्ने लोक सेवा तयारी ? 


प्रस्तुति
भोजराज भट्ट
केदारप्रसाद खतिवडा


प्रतिक्रिया दिनुहोस