अन्तर्राष्ट्रिय सम्बन्ध र संघसंस्थासम्बन्धि केही महत्वपूर्ण वस्तुगत प्रश्नोत्तरहरू « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अन्तर्राष्ट्रिय सम्बन्ध र संघसंस्थासम्बन्धि केही महत्वपूर्ण वस्तुगत प्रश्नोत्तरहरू


१७ श्रावण २०७५, बिहिबार


लोक सेवा तयारी

१. संयुक्त राष्ट्र संघमा नेपालले निर्वाह गरेको महत्वपूर्ण भूमिकामा देहायमध्ये कुन सही छ ?
A. गिनीमाथि पोर्चुगलको आक्रमणविरुद्ध गठित पाँच सदस्यीय आयोगमा रही सक्रिय योगदान पु-याएको ।
B. नामिवियामाथि दक्षिण अफ्रिकाको प्रभुत्व अन्त्य गरिनुपर्छ भनी नामिवियाको स्वतन्त्रताको पक्षमा आवाज उठाएको ।
C.रुसी भाषालाई संयुक्त राष्ट्र संघको भाषा बनाउनुपर्छ भन्ने पक्षमा मतदान गरेको ।
D.माथिका सबै

२.युरोपेली युनियनका परिकल्पना भनेर कसलाई चिनिन्छ ?

A.   Jean Monnet
B.  Ziaur Rahman
C.  Thomas pen
D.  john lee

३.जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छान्नुहोस् ।
समूह i                                                                                                                    समूह ii

a. विश्व बैंकको स्थापना                                                                                          १.सन् १९६६ अक्टोवर १४
b. लगानी विवाद समाधानका लागि अन्तर्राष्ट्रिय केन्द्रको स्थापना                             २. सन् १९४५ डिसेम्वर २७
c. लगानी विकास समाधानका लागि विकास संगठनको स्थापना                             ३. सन् १९६६ डिसेम्वर १९
d. एसियाली विकास बैंकको स्थापना                                                                     ४. सन् १९६० डिसेम्वर २४
Code :

A. a-2,b-4,c-1,d-3  B.       a-2,b-1,c-4,d-3

B. a-1,b-2,c-4,d-3  D.       a-3,b-2,c-1,d-4

४. नेपालले गरेको शान्ति क्षेत्रको प्रस्तावलाई समर्थन गर्ने चार राष्ट्रहरू देहायमध्ये कुन हो ?
A. भारत, चीन, उत्तर कोरिया, बंगलादेश
B. सोलोमन, उत्तर कोरिया, दक्षिण कोरिया, जापान
C. चीन, पाकिस्तान, श्रीलंका, आयरल्याण्ड
D.पाकिस्तान, चीन, उत्तर कोरिया, दक्षिण कोरिया

५. बिमस्टेकका सहयोगका चौधवटा क्षेत्रहरूमध्ये नेपालले कुन क्षेत्रसँग सम्बन्धित छ ?
A.गरिबी निवारण       B. मत्स्यपालन
C. ऊर्जा                    D. व्यापार र लगानी

६. सन् १९६१ मा नेपाल र चीनबीच भएको सीमा सम्झौताबाट नेपालले कति भूमि थप पाएको थियो ?
A. ३०० वर्ग माइल
B. ४०० वर्ग माइल
C.६०० वर्ग माइल
D.७०० वर्ग माइल

७. अमेरिकाको सहयोगमा संचालित केही आयोजनाहरूमा देहायमध्ये कुन पर्दैन ?
A.धनगढी–डडेलधुरा (भिमदत्त पन्त) मार्ग
B. जनक शिक्षा साम्रागी केन्द्र
D.नेपाल औद्योगिक विकास निगम
C.बीपी स्मृति क्यान्सर अस्पताल, भरतपुर

८. जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छान्नुहोस् ।
समूह i                                              समूह ii

a.विश्व स्वास्थ्य दिवस                        १. डिसेम्वर ३
b.विश्व खाद्य दिवस                           २. अक्टोवर १६
c.विश्व अपांग दिवस                         ३. अप्रिल ७
d. विश्व क्षयरोग दिवस                       ४. मार्च २४

A. a-3,b-2,c-1,d-5         B.       a-2,b-4,c-1,d-3

B. a-3,b-5,c-2,d-1         D.       a-3,b-1,c-2,d-4

९. महाकाली सन्धिमा नेपाल र भारतको तर्फबाट हस्ताक्षर गर्ने व्यक्तिहरू देहायध्ये को–को थिए ?
A.महावीर शमशेर र गुल्जारीलाल नन्दा
B.प्रकाशचन्द्र लोहनी र पी.भी. नरसिंह राव
C.प्रकाशचन्द्र लोहनी र प्रणव मुखर्जी
D.शेरबहादुर देउवा र पी.भी. नरसिंह राव

१०. संयुक्त राष्ट्र संघद्वारा घोषित अन्तर्राष्ट्रिय वर्षहरू कुन सही छ ?
A.सन् १९६० अफ्रिका वर्ष सन् १९६५ सहयोग वर्ष
B .सन् १९६७ पर्यटन वर्ष १९६८ मानव अधिकार वर्ष
C.सन् १९७१ जाति भेदविरुद्ध कार्य वर्ष १९७२ पुस्तक वर्ष
D.माथिका सबै

११. City of Beautiful tower  भनेर कुन युरोपेली सहरलाइ चिनिन्छ ?
A.कोपनहेगन (डेनमार्क)
B.म्याड्रिड (स्पेन )
C.बर्लिन (जर्मनी)
D.मस्को (रुस)

१२.Point four program देहायमध्ये केसँग सम्बन्धित छ ?
A.राजनीतिक विकास
B.भौतिक विकास
C.आर्थिक विकास
D.मानव विकास

१३. सुरक्षा परिषद्का अस्थायी सदस्य राष्ट्रहरूको निर्वाचन कुन आधारमा गरिन्छ ?
A.संयुक्त राष्ट्र संघीय महासभाको दुई तिहाइ बहुमतद्वारा
B.आर्थिक तथा सामाजिक परिषद्को साधारण बहुमतद्वारा
C.संयुक्त राष्ट्र संघीय महासभाको साधारण बहुमतद्वारा
D.कुनैपनि होइन

१४. क्षेत्रीय तथा आर्थिक सहयोग बढाउने उद्देश्यले ६ वटा पश्चिमी युरोपेली राष्ट्रहरूले सम्झौता–पत्रमा कहिले र कहाँ हस्ताक्षर गरेका थिए ?
A.२४ मार्च १९५७ इटालीमा
B.२२ मार्च १९५७ इटालीमा
C.२४ जनवरी १९५७ नेदरल्याण्डमा
D.२४ मार्च १९५७ बेलायतमा

१५. युरोपेली युनियनले मुख्यरूपमा नेपालको कुन क्षेत्रमा विकासमा सहयोग गर्दै आएको छ ?
A.ग्रामीण विकास
C.मानव संसाधन
D.शहरी विकास
E.मत्स्यपालन

१६. संयुक्त राज्य अमेरिकाका लागि नेपालको पहिलो आवासीय राजदूत ………………… थिए ?
A.ऋषिकेश शाह
B.रणजंग पाण्डे
C.सिंहशमशेर जवरा
D.मातृकाप्रसाद भटराई

१७. संयुक्त राष्ट्रसंघले मनाएका वर्षरूरुमा देहायको कुन गलत छ ?
A.२००२ अन्तर्राष्ट्रिय पर्वत वर्ष
B.२००३ अन्तर्राष्ट्रिय स्वच्छ पानी वर्ष
C.२००४ अन्तर्राष्ट्रिय धान वर्ष
D.सबै सही

१८. संयुक्त राष्ट्रसंघको झण्डा महासभाद्वारा ……………….मा स्वीकृत भएको हो ।
A. सन् १९४७ अक्टुबर २० मा
B. सन् १९४६ अक्टुबर २० मा
C. सन् १९४७ अक्टुबर २५ मा
D.सन् १९४५ अक्टुबर २४ मा

उत्तरहरू :

1.D11.A
2.A12.C
3.B13.A
4.D14.A
5.A15.A
6.A16.A
7.D17.D
8.A18.A
9.B
10.D

 

कसरी गर्ने लोक सेवा तयारी ?

प्रस्तुति

–भोजराज भट्ट
–केदारप्रसाद खतिवडा

Tags :
प्रतिक्रिया दिनुहोस