११ वर्षीय बालकलाई अपहरण गर्ने दुई अपहरणकारी प्रहरी इन्काउन्टरमा मारिए « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

११ वर्षीय बालकलाई अपहरण गर्ने दुई अपहरणकारी प्रहरी इन्काउन्टरमा मारिए


२१ श्रावण २०७५, सोमबार


काठमाडौं । ११ वर्षीय बालकलाई अपहरण गर्ने दुई जना अपहरण कारी प्रहरीसँगको मुडभेडका क्रममा मारिएका छन् ।

बालकको खोजि कार्यमा जुटेको प्रहरी र अपहरणकारीबीच भक्तपुरको डोलेश्वर जंगलमा मुडभेड हुँदा अजय तामाङ र गोपाल तामाङको मृत्यु भएको हो ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका अनुसार घटनास्थलबाट एउटा पेस्तोल, दुर्इ राउण्ड गोली र बालकको परिवारलाई धम्क्याउन प्रयोग भएको मोबाइल बरामद भएको छ ।

अपहरणकारीले अपहरित ११ वर्षीय बालक निशान खड्काको पनि हत्या गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस