कोठामै यौन धन्दा चलाउने दुई महिला प्रहरी खोरमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कोठामै यौन धन्दा चलाउने दुई महिला प्रहरी खोरमा


२१ श्रावण २०७५, सोमबार


काठमाडौं । कोठा भाडामा लिई अवैध यौनधन्दा सञ्चालन गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृतबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा यौन धन्दा सञ्चालनमा संलग्न काठमाडौंको लाजिम्पाटकी २८ बर्षीय प्रिया श्रेष्ठ र हेटौडा घर भई हाल लाजिम्पाट बस्दै आएकी १८ बर्षीय मन्दिरा तामाङ तितुङलाई पक्राउ गरेको हो ।

युवतीहरुलाई ललाई फकाई पैसाको प्रलोभनमा पारी उनीहरुले यौन धन्दामा लगाउने गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक मोहन कुमार थापाले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस