२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनतालाई केन्द्रमा राखेर काम गरे मुलुकको समृद्धि हुने : सभामुख

अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले जनतालाई केन्द्रमा राखेर काम गर्दा नै मुलुकको समृद्धि हुनसक्ने बताउनुभएको छ ।

नेपाल–कोरिया मैत्री संघले आज आयोजना गरेको “जुछे विचारधारामा आधारित शान्ति तथा समृद्धिबारेको नेपाल राष्ट्रिय सम्मेलन” मा सभामुख महराले भने, “समृद्धिको मुख्य आधार सार्वभौमसत्तासम्पन्न जनता नै हो । प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको क्रान्ति र आत्मनिर्भरताको सिद्धान्तले पनि हामीलाई त्यही पाठ सिकाएको छ ।”

उनले उत्तर कोरिया र त्यहाँका नेता किम इल सुङ्गको नेतृत्वमा साम्राज्यवादीलाई पराजित गरी नयाँ सत्ताको स्थापनाले आत्मनिर्भरता र राष्ट्रवादी पक्षधरलाई उजागर गरेको बताए । कुनै पनि देशमा शान्ति स्थापना क्रान्ति नभइकन सम्भव नहुने बताउँदै जनता केन्द्रित र मानव केन्द्रित जुछे विचारधारालाई आत्मसात् गर्न सक्नुपर्नेमा उनको जोड थियो ।

सुङ्गको नेतृत्वमा जापानविरुद्ध सञ्चालित सशस्त्र संघर्षले सन् १९४५ अगष्ट १५ विजय हासिल गरेको थियो भने सने १९४८ सेप्टेम्बर ९ मा प्रजग कोरियाको स्थापना भई सुङ्ग राष्ट्रपति भएका थिए । त्यसप्रति कोरियाली कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । हाल सो पार्टी कोरियाली श्रमिक पार्टीका नामबाट पुनःगठित भएको छ ।

नेकपा (माले) का महासचिव सिपी मैनालीले कोरियाली क्रान्तिबाट सिकेर सामाजिक बजार अर्थतन्त्र स्थापना गर्नुपर्नेमा वाम सरकारले समेत नव उदारवादी पूँजीवादी अर्थतन्त्रलाई लागू गरेको भन्दै आफ्नो पार्टीको नेपाल चिन्तन सही भएको जिकिर गरे ।

कार्यक्रममा प्रजग कोरियाका प्रमण्डलको सहभागिता थियो भने कोरियासम्बन्धी वृत्तचित्र प्रदर्शन गरिएको थियो । रासस