२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘बच्चाको मुटु उडाउँदा पनि हाँस्दै छ एटम’

अ+ अ-

नुवाकोट ।

हे झोला अपराधका शिरहरु निर्धक्क बोक्छौ कति ?
आमा बेच्नु प-यो भने यदि कतै लौ मूल्य तोक्छौ कति
कस्ले किन्छ भनेर धड्कन यहाँ गर्दै छु विज्ञापन ?
खेलौना अनमोल भो तर यहाँ सस्तो भयो जीवन ।

‘सस्तो भयो जीवन’ शीर्षकको कविता वाचन गरिरहँदा कविता सुन्नेहरु हलभरी भए पनि शान्त वातावरण थियो । सदरमुकाम विदुरमा शनिबार आयोजित नुवाकोट कविता कन्सर्टमा ओजपूर्ण आवाजमा युवा कवि सुदेश सत्याल कविता वाचन गर्दै थिए ।

दश कविता प्रस्तुत गरेका सत्याल यहाँका साहित्यप्रेमीलाई मन्त्रमुग्ध पार्न सफल भए । सत्यालले ‘सिरिया’ शीर्षकको कवितामा सिरियामा भएको युद्धलाई तस्वीरझैँ कवितामा प्रस्तुत गरेका थिए । ‘बच्चाको मुटु उडाउँदा पनि हाँस्दै छ एटम’ जस्ता शब्द बान्की समेटेको कवितामा सिरियाको युद्ध रोक्नका लागि गरिएको आह्वानमा युद्धाको पीडा सुनेर साहित्यप्रेमी भावुक बनेका थिए ।

कविले ‘सस्तो भयो जीवन’, ‘सधैँ भइरहूँ म तिम्रो सहारा’, ‘दार्जिलिङमाथि एउटा कविता’ ‘ताली नमार्नू अब’, ‘नेपाल बन्द छ’ लगायत कविता वाचन गरेका थिए । दुई प्रेमिल गजलले पनि दर्शकलाई मोहित पार्न सफल भए । सत्यालले आफ्नो चर्चित कविता ‘फर्केर आऊ घर’ वाचन गरी आफ्नो प्रस्तुतिलाई बिसाएका थिए ।

‘नुवाकोट पर्यटन प्रवर्दनका लागि’ नारासहित नुवाकोट साहित्य प्रतिष्ठानको आयोजनामा भएको कन्सर्टमा अर्का प्रतिभा देवकी अभिलाषीले आफ्ना ११ कविता वाचन गरेका थिए । कवि अभिलाषीले ‘यो शहरलाई प्रेम गर्छु’, ‘प्रेम उत्सव’, ‘मरुभूमिबाट’, ‘वनमान्छे’लगायत कवितामा शहरले दिने पीडा र पाठ, गाउँको सम्झनादेखि वैदेशिक रोजगारीमा महिलाले भोग्नुपरेको पीडासम्मलाई रचनामा समेटेका थिए ।

प्रतिष्ठानका अध्यक्ष रामकृष्ण गजुरेलको अध्यक्षतामा भएको कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका कोषाध्यक्ष गीता अमात्यले साहित्य श्रीवृद्धिका लागि यस्ता कार्यक्रम जिल्लामा निरन्तर हुनुपर्ने बताए । कार्यक्रममा सहभागी कवि राजकुमार पुत्लाले कन्सर्टमा दुवै स्र्रष्टाको दमदार प्रस्तुतिले मन छोएको बताए । पर्यटन विकास तथा प्रवर्दनमा साहित्यको भूमिका धेरै रहने भएकाले जिल्लाको पर्यटन प्रवर्दन गराउनका लागि कसन्र्ट आयोजना गरिएको नुवाकोट साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष श्रीराम श्रेष्ठले बताए । रासस