२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जाजरकोट पहिरो अपडेट : पुरिएका घरको भग्नावशेष पन्छाइँदै

अ+ अ-

काठमाडौं । जाजरकोट, भेरी नगरपालिका–३, ठाँटी बजार नजिकैका दुई घर पहिरोले पुरिएका छन् । स्थानीय तीर्थ बोहरा र गोपाल सुनारको घर पहिरोमा पुरिएका हुन् ।

प्रमुख जिल्ला अधिकारी ललित बस्नेतका अनुसार पहिरोमा पुरिएर बोहराको घरमा भाडामा बसिरहेका लालबहादुर लोहारकी श्रीमती शितली लोहार, छोरीहरू १० वर्षीया रञ्जना, ७ वर्षीया मनिषा र ३ वर्षीया भगवतीको ज्यान गएको छ । यसैगरी घरधनी बोहराकी ८ वर्षीया छोरी नोज्माको पनि पहिरोमा पुरिएर ज्यान गएको छ । उनीहरूको शव पहिरोमा पुरिएको अवस्थामा निकालिएको प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए ।

लालबहादुरको भने जीवितै उद्धार गरी उपचार भइरहेको बस्नेतले जानकारी दिए । पहिरो जाँदा लालबहादुर नसुतेकाले जिवित भएको उनले बताए । सुनारको घरमा पनि चार बालबालिका पनि पुरिएको हुन सक्ने उनको अनुमान छ । ‘अहिले त्यहाँ भग्नावशेष पन्छाउने काम भइरहेको छ,’ उनले भने ।

सुनारको घरमा तीन बालबालिका भाडामा बस्दै आएका छन् । तर, शनिबार राति चार जना बालबालिका सो घरमा बसेको अनुमान गरिएको छ । उद्धारमा सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् ।