जाजरकोट पहिरो अपडेट : पुरिएका घरको भग्नावशेष पन्छाइँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जाजरकोट पहिरो अपडेट : पुरिएका घरको भग्नावशेष पन्छाइँदै


२० श्रावण २०७५, आइतबार


जाजरकोट पहिरो

काठमाडौं । जाजरकोट, भेरी नगरपालिका–३, ठाँटी बजार नजिकैका दुई घर पहिरोले पुरिएका छन् । स्थानीय तीर्थ बोहरा र गोपाल सुनारको घर पहिरोमा पुरिएका हुन् ।

प्रमुख जिल्ला अधिकारी ललित बस्नेतका अनुसार पहिरोमा पुरिएर बोहराको घरमा भाडामा बसिरहेका लालबहादुर लोहारकी श्रीमती शितली लोहार, छोरीहरू १० वर्षीया रञ्जना, ७ वर्षीया मनिषा र ३ वर्षीया भगवतीको ज्यान गएको छ । यसैगरी घरधनी बोहराकी ८ वर्षीया छोरी नोज्माको पनि पहिरोमा पुरिएर ज्यान गएको छ । उनीहरूको शव पहिरोमा पुरिएको अवस्थामा निकालिएको प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए ।

लालबहादुरको भने जीवितै उद्धार गरी उपचार भइरहेको बस्नेतले जानकारी दिए । पहिरो जाँदा लालबहादुर नसुतेकाले जिवित भएको उनले बताए । सुनारको घरमा पनि चार बालबालिका पनि पुरिएको हुन सक्ने उनको अनुमान छ । ‘अहिले त्यहाँ भग्नावशेष पन्छाउने काम भइरहेको छ,’ उनले भने ।

सुनारको घरमा तीन बालबालिका भाडामा बस्दै आएका छन् । तर, शनिबार राति चार जना बालबालिका सो घरमा बसेको अनुमान गरिएको छ । उद्धारमा सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस