२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षा र स्वास्थ्यलाई राष्ट्रियकरण गर्न माग

अ+ अ-

बैतडी । शिक्षा र स्वास्थ्यलाई राष्ट्रियकरण गर्न अनेरास्ववियु र अखिल (क्रान्तीकारी) बैतडीले साउन १३ गतेदेखि थालेको हस्ताक्षर संकलन अभियान जारी रहेको छ ।

हालसम्म ७ हजार ५ सय जनाको हस्ताक्षर संकलन गरिएको अनेरास्ववियु बैतडीका अध्यक्ष भुवन कार्कीले जानकारी दिएका छन् । हस्ताक्षर संकलन अभियान आजभोली बैतडी र दार्चुलामा जारी रहेको त्यसपश्चात प्रदेश नं ७ का सबै जिल्लामा हस्ताक्षर संकलन अभियान सञ्चालन गरिने उनले बताए ।

१५ दिनसम्म सञ्चालन हुने उक्त हस्ताक्षर अभियानमा ५० हजार जनाको हस्ताक्षर संकलन गरिने लक्ष्य रहेको छ । शिक्षा र स्वास्थ्यलाई राष्ट्रियरण र निशुल्क गर्न,स्वास्थ्य क्षेत्रको अनियमितता अन्त्य गर्न हस्ताक्षर अभियान सञ्चालन गरिएको बताइएको छ ।

राज्यले स्वास्थ्य र शिक्षामा नियन्त्रण कायम गर्न नसक्दा समान्य जनताको पहुँचबाट टाढा भएको, विभिन्न किसिमका विकृति देखा परेको र सुलभ एवं सरल स्वास्थ्य तथा शिक्षाबाट वञ्चित हुनुपरेको भन्दै हस्ताक्षर अभियान सञ्चालन गरेको हो ।

५० हजार जनाको हस्ताक्षर संकलन गरिसकेपछि प्रदेश नं ७ को सरकार तथा मुख्यमन्त्री,शिक्षामन्त्री र प्रधानमन्त्रीलाई बुझाईने अनेरास्ववियु बैतडीका अध्यक्ष कार्कीले बताएका छन् । हस्ताक्षर अभियानलाई सफल पार्न सबैलाई आ-आफ्नो क्षेत्रवाट सहयोग गरिदिन अनेरास्ववियु र अखिल (क्रान्तीकारी) बैतडीले अनुरोध समेत गरेको छ ।