शिक्षा र स्वास्थ्यलाई राष्ट्रियकरण गर्न माग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

शिक्षा र स्वास्थ्यलाई राष्ट्रियकरण गर्न माग


१९ श्रावण २०७५, शनिबार


बैतडी । शिक्षा र स्वास्थ्यलाई राष्ट्रियकरण गर्न अनेरास्ववियु र अखिल (क्रान्तीकारी) बैतडीले साउन १३ गतेदेखि थालेको हस्ताक्षर संकलन अभियान जारी रहेको छ ।

हालसम्म ७ हजार ५ सय जनाको हस्ताक्षर संकलन गरिएको अनेरास्ववियु बैतडीका अध्यक्ष भुवन कार्कीले जानकारी दिएका छन् । हस्ताक्षर संकलन अभियान आजभोली बैतडी र दार्चुलामा जारी रहेको त्यसपश्चात प्रदेश नं ७ का सबै जिल्लामा हस्ताक्षर संकलन अभियान सञ्चालन गरिने उनले बताए ।

१५ दिनसम्म सञ्चालन हुने उक्त हस्ताक्षर अभियानमा ५० हजार जनाको हस्ताक्षर संकलन गरिने लक्ष्य रहेको छ । शिक्षा र स्वास्थ्यलाई राष्ट्रियरण र निशुल्क गर्न,स्वास्थ्य क्षेत्रको अनियमितता अन्त्य गर्न हस्ताक्षर अभियान सञ्चालन गरिएको बताइएको छ ।

राज्यले स्वास्थ्य र शिक्षामा नियन्त्रण कायम गर्न नसक्दा समान्य जनताको पहुँचबाट टाढा भएको, विभिन्न किसिमका विकृति देखा परेको र सुलभ एवं सरल स्वास्थ्य तथा शिक्षाबाट वञ्चित हुनुपरेको भन्दै हस्ताक्षर अभियान सञ्चालन गरेको हो ।

५० हजार जनाको हस्ताक्षर संकलन गरिसकेपछि प्रदेश नं ७ को सरकार तथा मुख्यमन्त्री,शिक्षामन्त्री र प्रधानमन्त्रीलाई बुझाईने अनेरास्ववियु बैतडीका अध्यक्ष कार्कीले बताएका छन् । हस्ताक्षर अभियानलाई सफल पार्न सबैलाई आ-आफ्नो क्षेत्रवाट सहयोग गरिदिन अनेरास्ववियु र अखिल (क्रान्तीकारी) बैतडीले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस