सुकर्म « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सुकर्म


१९ श्रावण २०७५, शनिबार


कविता

म दिव्य जिन्दगी जिई सुकर्मले रमाउँला
प्रभातमा उठेर लेखनी समाउँला
म बुद्धझैँ बनी यहाँ परोपकार गर्छु
जहाँ म जान्छु मृत्तिका निमित्त प्रेम भर्छु
।।१।।

धरामहाँ बसी म रामझैँ गुणी बनी रहूँ
म पाखुरी चलाउँदै स्वदेशमा रमी रहूँ
म काव्यका उचाइमा पुगेर टाकुरी चुमूँ ।
जहाँ म टेक्छु पाइला त्यहीँ रमी घुली रहूँ
।।२।।

म देश यो विकासमा लगाउँदै झुमूँ, रमूँ
बगाउँदै म रक्त देशमा सुकीर्तिमा फुलूँ
म पार्वतीसुता बनी हिमालमा उचा रहूँ
म देशको भलाइमा सदा सदा जुटीरहूँ
।।३।।

परोपकार कर्ममा र धर्ममा जुटीरहूँ
म स्नेह, सत्य, शान्तिको उचाइ भेट्न लम्किऊँ
जहाँ जहाँ छ भोकको र रोगको प्रताडना
वहाँ वहाँ सकूँ भला सहायता मिलाउन
।।४।।

सुभावका निमित्तमा समानता र मित्रता
गरी बढूँ म स्नेहले सधैं बनूँ समर्पित
नहोस् मभित्र क्रोध, लोभ रहोस् सधैं सुभावना
यिनै सफा विचारमा चलूँ म भन्छु ‘भावना’
।।५।।

Tags :
प्रतिक्रिया दिनुहोस