२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्रामीण भेगमा बैंक नहुँदा सास्ती

अ+ अ-

डोटी । बडीकेदार गाउँपालिकाका लेखापाल दल बहादुर धामी बैंक नहुँदा भोग्नु परेको समस्या शब्दमा उतार्न नसकिने बताउछन् । उनले कैलालीको धनगढीमा रहेका बैंकहरुमा काम लिएर जादा अवहेलना सहनु पर्ने बताए ।

गाउँपालिकामा बैंक अझै खुल्न सकेको छैन । सामान्य बैंकिङ्ग कारोबारका लागि बाहिरी जिल्ला कैलाली जानु पर्ने बाध्यता रहेको धामी बताउँछन् । ‘पाच हजारको चेक साट्न कम्तीमा तीन हजार खर्च गरेर धनगढी जानु पर्छ’, धामीले भने ,‘ बैंक नहुँदा पुरै सेवा प्रवाह नै खल्बलिएको छ ।’

जिल्लाको सबैभन्दा दुर्गम गाउँपालिका हो बडीकेदार । बर्षा सुरु भएपछि गाउपालिकाबाट ४३ किलोमीटर कच्ची सडक पैदल हिडेर भिमदत्त राजमार्गको सहजपुर आइपुगिन्छ । त्यहाबाट धनगढी जान ६० किलोमीटर दक्षिणतिर तथा सदरमुकाम सिलगढी जान झण्डै एक सय ४० किलोमीटर उत्तरतिरको यात्रा गर्नु पर्छ ।

कर्मचारी भन्दा मार उपभोत्ता समितिहरु परेका छन् । बैंक नभएकाले योजनाहरुको लागत नै बढ्ने गरेको उनीहरुको गुनासो छ । ‘एकपटक बैंकमा खाता खोल्न तीन जना अनिबार्य जानुप¥यो, जाने बित्तिकै काम हुन्न, कम्तीमा दुई दिन गाउँका सर्बसाधरणलाई लाग्छ’, बडीकेदार गाउपालिका वडा नं. ४ का वडाध्यक्ष बिरेन्द्र कोटकेनीले भने, ‘फटाफट काम भइहाल्यो भने नि चार दिन लागेपछि तीन जनाको खर्च सामान्यतया १५ हजार भन्दा तल आउदैन , त्यही भएर योजनाहरुमा लागत बढ्ने गरेको छ ।’

उपभोक्ता संयौपटक धनगढी, अत्तरिया र सिलगढीका बैंकहरुले हस्ताक्षर मिलेन, सम्बन्धीत मान्छे भएन जस्ता अनेकौं बहाना बनाएर फकाई दिनाले झन् सास्ती हुने गरेको सुनाए ।

उपभोक्ता झै कर्मचारीहरुको पनि उस्तै गुनासो छ । नजिक धनगढी पर्ने भएपनि त्यहा बैंकले खातामा रकम जम्मा गर्ने, कर्मचारीहरुको तलब हालीदिने काममा बैंकका कर्मचारी आलटाल गर्ने गरेको गुनासो कर्मचारीहरुको छ । सदरमुकाम सिलगढी जानै पर्ने बाध्यता रहने प्रमुख प्रशासकीय अधिकृत दिपकराज पाण्डेय बताउछन् । ‘नियमले संकलन भएको राजश्व दैनिक जम्मा गर्नु पर्ने प्रावधान छ, महिनामा एक पटक गएर बैंकमा दाखिला गर्नु पर्ने स्थिती छ’, पाण्डेयले भने, ‘महिना भरी कर्मचारीसँगै राखिदा चोरी हुने, मासिने अनियमीतता हुने चुनौती पनि बढी छ ।’

प्रत्येक चौमासिकमा सामाजिक सुरक्षाभत्ताको लाखौं बोकेर कर्मचारीहरुले लामो दुरी पार गरेर आउनु पर्दा असुरक्षित महसुस हुने गरेको दुखेसो सुनाए । ‘जंगल खोलाको बाटो छ, लाखौं रुपैया सँगै बोक्नु पर्छ’, पाण्डेयले भने, ‘बैंक नहुदा सामाजिक आर्थिक रुपले समस्या ल्याएको छ, सेवा प्रवाहमाथि नै सबर्वसाधरण असन्तुष्टी ब्यक्त गर्न थालेका छन् ।

डोटीका अन्य स्थानिय तहमा भने बैंकहरु स्थापना भइसकेका छन् । बडीकेदार गाउँपालिकामा प्रहरी चौकी नभएका कारण पनि बैंक जान मानिरहेका छैनन् । सर्बसाधरणले लामो समयदेखि गाउँपालिकामा प्रहरीचौकी र गाउँपालिकाको माग गरेका भएपनि पुरा हुन सकेको छैन । गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर चन्दले बैंक र प्रहरीचौकी स्थापनाका लागि पहल भइरहेको बताए । उनले माथिल्लो तहमा त्यसबारे कुरा राखिसकेकाले यथाशिघ्र स्थापना हुने आश्वासन दिए ।