२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजी श्रोतका शिक्षकहरुलाई गाउँपालिकाले तलब खुवाउने

अ+ अ-

डोटी । बोगटान गाउँपालिकाले निजीस्रोतका शिक्षकलाई तलब खुवाउनका लागी बिद्यालयलाई अनुदान दिने भएको छ ।

गाउँपालिका भित्र रहेका निजीस्रोतका शिक्षक ब्यबस्थापन गर्नका लागी आवश्यक कार्यबिधी निमार्ण गरेर विद्यार्थी संख्याका आधारमा विद्यालयलाई अनुदान दिने बोगटान गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले बताए । गडसिलाले भने ‘गाउँपालिका भित्र रहेका विद्यालयमा कार्यरत निजीस्रोतमा काम गर्दैै गएका शिक्षकको संख्या पनि ठुलो छ, शिक्षकको ब्यवस्थापन गर्ने निर्णय गरेका छौं ।’

कार्यरत निजीश्रोतका शिक्षकहरुमा प्रश्तिप्रर्धा गरेर शिक्षक छनौट गर्ने अध्यक्ष गडसिलाले बताए । गडसिलाले थपे ‘हामीले आन्तरिक प्रतिश्पर्धाबाट छनौट गछौँ, बिद्यार्थि संख्याका आधारमा शिक्षक थप्ने र घटाउने काम पनि हुन्छ ।’ गाउँपालिकामा हुने नितीगत भ्रष्टाचार अन्त्य गर्नका लागी गाउँ कार्यपालिकाको बैठकबाट यस्तो निर्णय गरेको गडसिलाले बताए । अध्यक्ष गडसिलाले भने ‘ठाउँ–ठाउँमा बिद्यालय खुलेका छन ति विद्यालयको चल्ने स्रोत के हो त्यो सबैलाई थाहा नै छ, त्यसैले घुमायर खर्च गर्नु भन्दा निती भित्र रहेर अनुदान दिने ब्यवस्था गरेका हौं ।’

विद्यार्थी संख्या नपुगेका विद्यालयलाई मर्ज गर्ने पक्रीया पनि यसैसंगै लैजाने तयारी रहेको अध्यक्ष गडसिलाले बताए । उनले थपे ‘शिक्षा क्षेत्रको ब्यापक सुधारका लागी लागेका छौं, बिद्यालय मर्जको काम पनि यसका साथमै हुन्छ धेरै बिद्यालय भन्दा पनि अहिले गुणस्तरिय शिक्षा आबश्यक छ ।’

गाउँपालिकाले गरेको निर्णयले निजीस्रोतका शिक्षकलाई राहत हुने मष्टेश्वर माध्यामिक विद्यालयका शिक्षक चक्रबहादुर चन्दले बताए । शिक्षक चन्दले भने ‘बिगत लामो समयदेखी यस क्षेत्रमा कार्यरत छौं, गाउँपालिकाले हाम्रा माग सम्बोधन गर्ने बिषयमा कदम चालेका कारण शिक्षा क्षेत्र र शिक्षक सबैका लागी खुसीको बिषयरहेको हो ।’

गाउँपालिकाले आफ्नो क्षेत्र भित्र रहेका शिक्षकको ब्यबस्थापनका लागी कार्य थालनी गर्नु सकरात्कम पक्ष भएको जिल्ला शिक्षा समन्वय इकाइ प्रमुख अनन्तकुमार पौड्यालले बताए । उनले भने ‘ब्यबस्थित रुपमा कार्यबिधी निमार्ण गरेर शिक्षकको ब्यबस्थापन गर्न सकियो भने देशभरीमै उदाहरणीय काम हुन्छ ।’