कानून मन्त्रीसहित तीन मन्त्री नियुक्त, राष्ट्रपतिबाट लिए सपथ ग्रहण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कानून मन्त्रीसहित तीन मन्त्री नियुक्त, राष्ट्रपतिबाट लिए सपथ ग्रहण


१८ श्रावण २०७५, शुक्रबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा भानुभक्त ढकाललाई नियुक्त गरेका छन् ।

प्रतिनिधिसभा सदस्य ढकाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट विजयी सांसद हुन् । उनी प्रतिनिधिसभा निर्वाचन २०७४ मा मोरङ जिल्ला क्षेत्र नं. ३ बाट निर्वाचित भएका हुन् । यसअघि साउन ८ गते शेरबहादुर तामाङले राजीनामा दिएपछि सो मन्त्रालय मन्त्रीबिहीन भएको थियो ।

प्रधानमन्त्री ओलीका प्रेस सहयोगी रामशरण बजगाईंका अनुसार आजै प्रधानमन्त्री ओलीले भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्ममा अर्याललाई र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा डा. सुरेन्द्र यादवलाई नियुक्त गरेका छन्। नवनियुक्त तीन मन्त्रीले आजै राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथग्रहण गरी जिम्मेवारी सम्हालेका छन् ।

प्रतिक्रिया दिनुहोस