जनकपुरधाम । धनुषामा गोली प्रहार गरी एकजनाको हत्या भएको छ । धनुषाको कमला नगरपालिका–८ बस्ने अन्दाजी २५ वर्षीय राजेश यादवको गोली प्रहार गरी हत्या भएको हो ।
यादवको शव जनकनन्दनी गाउँपालिका इनर्वास्थित रेल्वे स्टेशन छेउमा ३–४ गोली प्रहार गरी फालिएको अवस्थामा आज बिहान फेला परेको हो । रेल्वे लिकको छेउमा यादवको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थलबाट प्रहरीले एक थान कटुवा पेस्तोल सहित तीन थान गोलीको खोका र एक मोटरसाइकल बरामद गरेको छ । प्रहरीले घटनाको थप अनुसन्धान थालिएको जनाएको छ ।







