२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संहिता कार्यान्वयनको पहिलो जिम्मेवार सरकारी वकिल

अ+ अ-

काठमाडौं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आगामी भदौ १ गतेदेखि लागू हुने संहिता कार्यान्वयनको जिम्मेवार पहिलो पक्ष सरकारी वकिल रहेको बताएका छन् ।

महान्यायाधिवक्ताको कार्यालयद्वारा आयोजित मुलुकी अपराध ‘संहिता’ ऐन २०७४, मुलुकी फौज्दारी कार्यविधि ‘संहिता’ ऐन २०७४ र फौजदारी कसुर ‘सजाय निर्धारण तथा कार्यान्वयन’ ऐन २०७४ सम्बन्धी दुईदिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले भने, ‘संहिताबारे अधिकांश नागरिक अनभिज्ञ रहेकाले उनीहरूलाई जानकार गराउन पहिले सरकारी वकिल नै स्पष्ट हुन जरुरी छ ।’

महान्यायाधिवक्ता खरेलले लागू हुन लागेको संहिताले आगामी दिनमा न्यायको क्षेत्रमा छिटो र प्रभावकारी परिवर्तन ल्याउने भन्दै कार्यान्वयनका लागि सम्पूर्ण न्याय क्षेत्र लाग्नुपर्नेमा जोड दिए ।

गोष्ठीमा नायब महान्यायाधिवक्ता बद्रीप्रसाद गौतमले कानुन बनाउनभन्दा कार्यान्वयनमा जटिलता रहेको बताए । यसको कार्यान्वयनका लागि सरकारी वकिल र प्रहरी प्रशासनको बढी जिम्मेवारी रहेको उनको भनाइ थियो ।

संहिता कार्यान्वयन गर्न सञ्चालन गरिएको यस कार्यशालामा देशभरका सरकारी वकिल कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।