२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्री बादल र दक्षिण कोरीयाली राजदुतबीच भेटवार्ता

अ+ अ-

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग नेपालका लागि दक्षिण कोरीयाका राजदुत पार्क योङ सिकले आज गृहमन्त्रालयमा शिष्टचार भेटवार्ता गरेका छन् । भेटमा नेपाल–दक्षिण कोरीया द्धिपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो ।

भेटमा गृहमन्त्री थापाले पछिल्लो समय दक्षिण कोरीया र उत्तर कोरीयाबीच भईरहेको वार्ता र छलफलको स्वागत गर्दै यसले समग्र विश्वमै शन्ति कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले दक्षिण कोरीयामा नेपालीहरुलाई रोजगारीको अवसर दिएकोमा राजदुतलाई धन्यवाद व्यक्तगर्दै त्यहाँ कार्यरत नेपालीहरुको सेवा, सुविधा तथा सुरक्षाका विषयमा राजदुतसँग छलफल गरे ।

राजदुत सिकले नेपालको प्रवेशाज्ञा प्रक्रिया केही झन्झटिलो रहेको कारण यहाँ कोरीयालीहरु लगानी गर्न आउँदा केही समस्या रहेको बताएपछि गृहमन्त्री थापाले त्यसबारे खोजविन गरेर तत्कालै त्यसमा सुधार गरीने जवाफ दिए ।

राजदुत सिकले नेपालमा उर्जा, पर्यटन लगायतका क्षेत्रमा कोरीयाली कम्पनीले लगानी गरीरहेको भन्दै त्यसमा थप लगानी गर्न कोरीया तयार रहेको बताए । उनले हाल ३५ हजार नेपाली दक्षिण कोरीयामा कार्यरत रहेको र २० हजारले कार्य अवधी समाप्त गरी नेपाल फर्किसकेको जानकारी दिँदै कोरीयामा कार्यरत नेपालीहरुको हितको विषयमा आफुहरु संवेदनशिल रहेको बताए ।