जग्गा प्रकरणमा कर्मचारीलाई स्पष्टीकरण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

जग्गा प्रकरणमा कर्मचारीलाई स्पष्टीकरण


१७ श्रावण २०७५, बिहिबार


नवलपरासी । नवलपरासीको बर्दाघाट -२ चिसापानीमा जग्गा बिक्रिको लागि गरिएको बोलपत्र प्रक्रिया अनियमितता गरेको आशंकामा एक कर्मचारीलाई स्पष्टीकरण सोधिएको छ ।

जग्गा राष्ट्रिय आवास कम्पनीको नाममा रेहेको छ । राष्ट्रिय आवास कम्पनी लिमिटेड केन्द्रीय कार्यालय काठमाडौंले राष्ट्रिय आवास कम्पनी योजना कार्यालय बर्दघाटका कार्यालय प्रमुखसहित अन्य कर्मचारीलाई स्पष्टीकरण सोधेको हो ।

योजना कार्यालय प्रमुख महेन्द्र थापा, लेखा शाखाका प्रमुख बेनी सागर अधिकारीलाई स्पष्टीकरण सोधिएको राष्ट्रिय आवास कम्पनीले जनाएको छ । कर्मचारी र अन्य सरोकारवालाको मिलेमतोमा जग्गा सस्तो मूल्यमा बिक्री गर्न खोजिएको थियो । आवश्यकताअनुसार थप अनुसन्धान गरी दोषी पाइएमा कर्मचारीलाई कारवाही गरिने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस