२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चौतारी र सेन्टरको एकतापछि प्रेस संगठन रहने

अ+ अ-

काठमाडौं । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालबीचको एकताका लागि गठित कार्यदलले एकिकृत संगठनको नाम ‘प्रेस संगठन, नेपाल’ (पिओएन) राख्ने निर्णय गरेको छ ।

यही साउन १५ मा बसेको एकता कार्यदलको बैठकले संगठनको अन्तरिम विधान–२०७५ लाई अन्तिम रुप दिँदै नाम तय गरेको हो । कार्यदलले दिएको जिम्मेवारीअनुसार चौतारी र सेन्टरका महासचिवहरु क्रमशः राजेश राई र विष्णु सापकोटा जुगलले सो विधानलाई अन्तिमरुप दिएको आज जारी विज्ञप्तिमा जनाइएको छ ।

संगठनले अन्तरिम कालको लागि सबै तहमा कार्यालय, सचिवालय र समिति राख्ने निर्णय गरेको छ ।

विधानमा भएको व्यवस्थाअनुसार केन्द्रीय समितिमा अध्यक्ष र महासचिवसहित दुई सय २५, प्रदेश समितिमा अध्यक्ष र सचिवसहित एक सय २५, जिल्ला समितिमा अध्यक्ष र सचिवसहित ३५ तथा शाखा समितिमा अध्यक्ष र सचिवसहित ९ सदस्यीय हुनेछ ।

यसैगरी, अनुशासन आयोगका अध्यक्ष र सचिवसहित १५, १५ सदस्यीय संरचना हुनेछ । आगामी तीन दिनभित्र दुबै संगठनको केन्द्रीय कमिटी र आयोगमा रहने सदस्यको नाम सिफारिस हुनेछ ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटिका सदस्य तथा प्रेस सेन्टर, नेपालकी इन्चार्ज पम्फा भुसाल, पार्टी स्थायी कमिटिका सदस्य तथा प्रेस चौतारी, नेपालका इन्चार्ज योगेश भट्टराई, कार्यदलका सदस्य तथा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र कार्यदल सदस्य तथा प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहालको उपस्थिति थियो । रासस

प्रतिक्रिया दिनुहोस